हेटौंडामा डोजर चल्दा ७० बढी होटल व्यवसायी विस्थापित

रौतहट ,१ जेठ। त्रिभुवन राजपथको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्ती डिभिजन वन कार्यालय बाराले डोजर लगाएर खाली गराएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान सुरक्षाकर्मीसहित पुगेको टोलीले त्यहाँका घरटहरा र पसलहरू भत्काएको हो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले उक्त बस्ती वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले हटाउनुपरेको जानकारी दिनु भयो। वन कार्यालयका अनुसार सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत नै यो कदम चालिएको हो ।

यसअघि पटक–पटक माइकिङ र लिखित सूचना टाँस गरेर आग्रह गर्दा पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको वन कार्यालयको दाबी छ ।

यता विस्थापित व्यवसायीहरूले भने राज्यले आफूहरूमाथि अन्याय र दमन गरेको आरोप लगाएका छन् । दुई हप्ताअघि सडक विभागले जारी गरेको सूचनाका आधारमा आफूहरूले त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटरको सडक सीमा आफैं खाली गरिसकेको उनीहरूको भनाइ छ ।
सडक सीमाभन्दा बाहिर व्यवसाय गरिरहेकै अवस्थामा एक्कासि डोजर चलाइएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

विगत २०४५ सालदेखि सोही स्थानमा व्यवसाय गर्दै आएका स्थानीयले राज्यले कुनै समय नै नदिई ज्यादतीपूर्ण तरिकाले हटाएको गुनासो गरे ।
सडकको क्षेत्राधिकार बाहिर रहेका टहरा समेत भत्काइँदा ठूलो क्षति भएको उनीहरूको दाबी छ ।

त्रिभुवन राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि भरपर्दो विश्रामस्थल र ’हब’का रूपमा परिचित ३ नम्बर पुल क्षेत्रमा ७० भन्दा बढी होटलहरू सञ्चालनमा थिए ।

वर्षौंदेखि चल्दै आएको यो बजार पूर्ण रूपमा खाली गराइएपछि वर्षौंदेखि आश्रित स्थानीय परिवारहरूको रोजीरोटी गुमेको छ । अचानक व्यवसाय खोसिएपछि उनीहरू आफ्नो जीविकोपार्जनलाई लिएर गम्भीर चिन्तामा परेका छन् ।

वन कार्यालयले भने सार्वजनिक तथा संरक्षित क्षेत्र अतिक्रमण गर्ने कार्य कानुन विपरीत हुने भन्दै आगामी दिनमा पनि यस्ता अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिइने स्पष्ट पारेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय