छानबिन समितिबारे सुधन गुरुङको दाबी

गल्ती प्रमाणित भए सरकारले मलाई पनि छाड्दैन

काठमाडौं,२ जेठ । पुर्व गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताउनु भएको छ । यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उहाँले आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्नु भएको छ ।

गुरुङले भन्नु भयो, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रम मन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन ।”

गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन नि ?” भनेर प्रश्न गरेको समेत बताउनु भयो । उहाँले थप्नु भयो, “गलत भएको भए तपाईँलाई कारबाही हुन्छ है भनेर अगाडिदेखि नै भनिसक्नुभएको छ । म ढुक्क छु, मेरो कुनै गल्ती छैन ।”यसैबिच, रास्वपा नेतृ एलिजा गुरुङ ले नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरिएको कपडा पसल “चिनो” को उद्घाटन गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता

अब पसलमा मनपरी मूल्य लिन पाइँदैन! सरकारले ल्यायो यस्तो नियम ,मनपरी मूल्य असुल्ने प्रवृत्तिमा लगाम

काठमान्डौं ,१७ असार । आजसम्म तपाईंले बजारबाट सामान किन्दा कहिलेकाहीँ त्यसको वास्तविक मूल्य कति हो भन्ने कुरा स्पष्ट थाहा पाउनुभएको थिएन होला। एउटै सामानको मूल्य