७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले ‘उपाध्यक्ष’ को जिम्मेवारी सम्हाल्दै

काठमाडौं,२ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सर्वोच्च नीति–निर्माण तह ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दैछ । आगामी २०८३ जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने यस महासभामा नेपालले ‘उपाध्यक्ष’ को भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको नेतृत्वमा भोलि(आइतबार)जेनेभा प्रस्थान गर्न लागेको नेपाली प्रतिनिधिमण्डलले यस मञ्चमा नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुती दिनेछ ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउने क्रममा विगतमा ठुलो सङ्ख्यामा प्रतिनिधिमण्डल पठाउने ‘जम्बो टोली’ को प्रवृत्ति रहँदै आएकोमा, यस पटक सरकारले त्यसमा सुधार गर्दै छरितो र विज्ञहरू सम्मिलित टोली मात्र पठाउने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयको विवरण अनुसार, कुल नौं सदस्यीय प्रतिनिधिमण्डल मध्ये नेपालबाट मन्त्री मेहतासहित जम्मा तीन जना उच्चपदस्थ अधिकारीहरू मात्र जेनेभा प्रस्थान गर्नेछन् ।

बाँकी ६ जना सदस्यहरू जेनेभास्थित नेपालको स्थायी नियोगबाटै सहभागी हुने व्यवस्था मिलाइएको छ ।
अनावश्यक भ्रमण भत्ता र हवाई भाडा जस्ता प्रशासनिक खर्च कटौती गर्दै, विदेशस्थित कूटनीतिक नियोगको जनशक्तिलाई अधिकतम उपयोग गर्ने सरकारको तयारी छ ।

नेपालबाट प्रस्थान गर्ने अधिकारीहरूः
निशा मेहताः मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (प्रतिनिधिमण्डल प्रमुख)
यशोदा अर्यालः सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
डा. रोशन न्यौपानेः सहसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
जेनेभास्थित स्थायी नियोगबाट सहभागी हुने अधिकारीहरूः
राम प्रसाद सुवेदीः राजदूत तथा स्थायी प्रतिनिधि
डमरु बल्लभ पौडेलः उप–स्थायी प्रतिनिधि ÷ मन्त्री
सुवाङ्ग पराजुलीः काउन्सिलर
श्रीकृष्ण सिलवालः प्रथम सचिव
रोनल राईः प्रथम सचिव
सुजन लामिछानेः द्वितीय सचिव ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता

अब पसलमा मनपरी मूल्य लिन पाइँदैन! सरकारले ल्यायो यस्तो नियम ,मनपरी मूल्य असुल्ने प्रवृत्तिमा लगाम

काठमान्डौं ,१७ असार । आजसम्म तपाईंले बजारबाट सामान किन्दा कहिलेकाहीँ त्यसको वास्तविक मूल्य कति हो भन्ने कुरा स्पष्ट थाहा पाउनुभएको थिएन होला। एउटै सामानको मूल्य