बिर्तामोडको यातायात कार्यालयःबिदाको दिनपनि बिचौलीयाको रजाईँ

भीडियोमा यसरी कागजात हेर्ने, खोज्ने र छान्ने मानीस प्रष्ट देखिएका छन् ।

दमक, २ जेष्ठ । झापाको विर्तामोड स्थित यातायात व्यवस्था कार्यालय । कार्यालयको अगाडीको गेट बन्द छ । छेउछाउका सबै पसल तथा अन्य कार्यालयहरुपनि बन्द छन् । तर यहाँ भीत्र केहि अनधिकृत व्यक्ति काम गरि रहेका छन् । फाईल खोजीरहेका छन् । डकुमेन्ट मिलाई रहेका छन् । सायद लाइसेन्सननै खोजेर लगीदिने गरि आफ्‌नो सेटिङको काम गरीरहेका छन् ।

कार्यालय भित्र मर्मत सम्भारको काम पनि चलीरहेको छ । ज्यामीहरु काम गर्दै गरेका पनि छन् । तर भवनको एउटा कुनामा रहेको बक्साबाट एकजना अनाधिकृत व्यक्ति कागज हेरिरहेका छन् । मिलाईरहेका छन् । खै के हो उनी खोजीरहेका छन् । अनी उनी भनीरहेका छन् ‘यहाँ भिडियो चाहि नखिच्नुस है । फेरी राम्रो हुदैन नी ।’

अर्थात उनी नराम्रो काम गर्दै थिए । नराम्रो काम गरेको भिडियो खिचेको कसैलाई मन पर्दैन । त्यसैले उनी आफ्‌नो नराम्रो कामको पर्दाफास हुने भयो भन्ने डरका कारण भिडियो नखिच्न अनुरोध गरिरहेका थिए ।
यो भिडियो हामीलाई एकजना सेवाग्राहिले पठाउनु भएको हो । गाडीको लाइसेन्स दिनु भन्दा अघी गरिने स्वास्थ्यको परिक्षण गर्न उहाँ त्यस कार्यालयमा जानु भएको थियो । उहाँ शनिबार विदाको दिन चाहि किन जानु भयो त भन्ने प्रश्न हुन सक्छ । तर उहाँलाई दिइएको पत्रमा मे महिनाको १६ तारीख शनिबार आउनु भनेरनै दिइएको छ ।

उहाँलाईपनि लाग्यो बिर्तामोडको यातायात कार्यालयमा सुधार आएछ । अव शनिबार पनि सेवा । नागरिकको बिदाको दिन सरकारी अड्डाबाट सेवा पाइने भइयो भन्दै उहाँ सुखी भएर सेवा लिन जाँदा कार्यालयमा भने ताला लागीरहेको थियो । तर भीत्र अनाधिकृत व्यक्तिको रजगज चलीरहेको थियो ।

भीडियोमा यसरी कागजात हेर्ने, खोज्ने र छान्ने मानीस प्रष्ट देखिएका छन् । उनी यस कार्यालयको कर्मचारी पनि होईनन । उनी कोहि सेवाग्राहिबाट मोटै रकम लिएर बिदाको दिन पनि सरकारी अड्डा पसेर केहि डकुमेन्ट नीकालीदिने दुसाहस गर्ने ठुलै बिचौलीया हुनुपर्छ । हैन भने यी डकैत गर्दै छन् ।

यीनलाई यातायात कार्यालय खुलेपछि कार्यालयले प्रहरीको जिम्मा लगाउन सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकीनै छ । यदी गर्यो भने ठिक छ, हैन भने यो कुकर्ममा यो कार्यालयको पनि साठगाँठ छ भन्ने प्रष्ट हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको राहतमा नमुना कलेजले दियो ५ लाख ५ हजार ५५ रुपैयाँ

विराटनगर , भदौ १३ । इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय

२४ घण्टामा ५१४ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं , भदौ १३ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले

भोटेकोशी बाढीका पहिचान नभएका शव चितवनमा व्यवस्थापन गरिँदै

काठमाडौं,१३ भदौ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।जिल्ला प्रशासन कार्यालय

रसुवाका बाढीपीडितलाई सहयोग गर्न प्राधिकरणको आह्वान

काठमाडौं , भदौ १३। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि

बाढीपीडितको सहयोगमा एनआरएनए एकजुट हुनुपर्ने अभियन्ताको जोड

काठमाडौं , भदौ १३ । गत बुधबार रसुवा–चीन सीमा क्षेत्र हुँदै आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली ९एनआरएन०अभियन्ताहरूले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण

भारी वर्षापछि सडकको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु

कास्की , १३ भदौ। पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१७ हर्कचोक स्थित