तिमल्सिना समाज कोशीको अधिवेशन असोज १० मा

पथरी, २ जेठ / मौद्गल्य गोत्रीय तिमल्सिना समाज कोशीको तेस्रो अधिवेशन २०८३ असोज १० गते हुने भएको छ ।

 

समाजको कोशी प्रदेश समिति अध्यक्ष हरि तिम्सिनाको अध्यक्षतामा समाजको मोरङ बेलबारीस्थित भाउन्नेको कार्यालयमा आज बसेको बैठकले असोज १० मा चुनावी अधिवेशन गर्ने निर्णय गरेको नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश सचिव निरोज तिम्सिनाले जनाउनु भयो । अधिवेशन सोही कार्यालय भवनमा सम्पन्न हुने र संशोधित विधान बमोजिम नयाँ समिति चयन हुनेछ । केन्द्रीय समितिका सात उपाध्यक्षहरु सात प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्षहरु प्रदेश समिति सदस्य, पालिका अध्यक्षहरु जिल्ला समिति सदस्य रहने नयाँ प्रावधान छ ।

बैठकले, भोजपुरका गणेशराज तिम्सिनालाई केन्द्रीय सदस्यमा मनोनयनका लागि सिफारिस गरेको छ । साथै समाजको केन्द्रीय समितिले हालै संशोधनसहित प्रकाशित गरेको वंशावलीको विषयसूचीमा सुनसरी जिल्लाको नामै छुटेको तथा केन्द्रीय समितिमा बुझाएका वंशावलीका केही तथ्यांकहरु समेत छुट्न गएकाले त्यसलाई संशोधन गर्न समेत अनुरोध गरेको छ ।

प्रदेश अधिवेशन अगावै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान बमोजिम प्रदेश समितिले जिल्लामा सर्कुलर पठाउने उल्लेख छ । समाजले तिमल्सिना बन्धुबान्धवहरुको वंश खोजी, एकता तथा उनीहरुको हकहितका गतिविधि गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता

अब पसलमा मनपरी मूल्य लिन पाइँदैन! सरकारले ल्यायो यस्तो नियम ,मनपरी मूल्य असुल्ने प्रवृत्तिमा लगाम

काठमान्डौं ,१७ असार । आजसम्म तपाईंले बजारबाट सामान किन्दा कहिलेकाहीँ त्यसको वास्तविक मूल्य कति हो भन्ने कुरा स्पष्ट थाहा पाउनुभएको थिएन होला। एउटै सामानको मूल्य

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं,१७ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश

शपथग्रहणपछि बैठक बस्ने तयारीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको