सोलुखुम्बुमा एआई पत्रकारिता सिकाउँदै

सोलुखुम्बु,३ जेठ । पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगसँगै कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले ‘एआई पत्रकारिता तालिम’ सञ्चालन गर्ने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको समन्वयमा सञ्चालन हुन लागेको उक्त तीन दिने विशेष तालिम आगामी जेठ ४ गतेदेखि ६ गतेसम्म सल्लेरी, सोलुखुम्बुमा आयोजना गरिने नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले जानकारी दिनु भयो ।

तालिममा जिल्लामा क्रियाशील पत्रकारहरूलाई एआई प्रविधिको प्रयोगमार्फत समाचार लेखन, भिडियो तथा अडियो सामग्री निर्माण, डिजिटल कन्टेन्ट व्यवस्थापन, तथ्य परीक्षण, सामाजिक सञ्जालमा प्रभावकारी प्रस्तुति लगायतका विषयमा दक्ष एवं अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण दिइनेछ ।

महासंघका अनुसार पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग बढाउँदै गुणस्तरीय, छिटो र विश्वसनीय सूचना सम्प्रेषण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा सहभागी हुन इच्छुक पत्रकारहरूले २०८३ जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । सहभागीका लागि कम्तीमा एक वर्षदेखि पूर्णकालीन पत्रकारितामा आबद्ध भएको तथा कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने उल्लेख गरिएको छ ।

आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइज फोटो तथा कार्यरत सञ्चार गृहको सिफारिस पत्र आवश्यक पर्ने जनाइएको छ। आवश्यक कागजातहरू व्हाट्सएपमार्फत पनि पठाउन सकिने व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुले सूचना प्रविधिसँगै पत्रकारितालाई समय अनुकूल बनाउने अभियानअन्तर्गत यो तालिम पत्रकारहरूका लागि महत्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निजि क्षेत्र विना बालेन सरकार चल्दैन : श्रम मन्त्री

काठमाडौं,३२ असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनका लागि रोजगारदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।बिहीबार युवा, श्रम तथा

आत्महत्या दुरुत्साहन कानुनी व्यवस्था, चुनौती र सुधार

  -अधिवक्ता नविन खतिवडा आत्महत्या एक व्यक्तिगत त्रासदी मात्र नभएर यसको जरोमा सामाजिक, मनोवैज्ञानिक र कानुनी कारणहरू जेलिएका हुन्छन् । तर, त्योभन्दा पनि गम्भीर र

जापानीज राजदुतसँग शिक्षामन्त्रीको भेट, शिक्षामा जापनको सहयोग लिने

काठमाडौँ, ३२ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको

अमेरिकी राजदुतसग भेटेर उद्योग मन्त्रीले के के भन्नु भयो

काठमाडौँ, ३२,असार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (CDA) स्कट अर्बम (Scott Urbom) बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का