विद्यादेवी भण्डारी कसरी बन्नु भयो एका एक प्रमुख अतिथि, के छ भित्री रहस्य?

काठमान्डौं,३ जेठ । मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेले आइतबार बल्खुस्थित आफ्नो पुरानो कार्यालय परिसर मदननगरमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिका रूपमा प्रस्तुत गरेको छ। पार्टी सदस्यता निलम्बन गरिएपछि एमाले कार्यक्रममा उxfFको यो पहिलो औपचारिक उपस्थिति हो, जसलाई एमालेभित्र विकसित नयाँ शक्ति–सन्तुलनको संकेतका रूपमा हेरिएको छ।

तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भएको ३३ वर्ष पुगेको सन्दर्भमा आयोजित कार्यक्रममा एमालेका अधिकांश शीर्ष नेताहरू उपस्थित रहे। उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्टदेखि महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई तथा सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल, हिक्मत कार्की, राजन भट्टराई र खगराज अधिकारीसम्मको सहभागिताले कार्यक्रमलाई विशेष राजनीतिक अर्थ दिएको देखिन्छ।

राष्ट्रपति पदबाट बाहिरिएपछि सक्रिय राजनीतिमा फर्कने घोषणा गर्दै एमाले सदस्यता नवीकरण गug'{ ePsL भण्डारीलाई पार्टी नेतृत्वले भने सहज रूपमा स्वीकार गरेको थिएन। अध्यक्ष केपी शर्मा ओलीले उनको सदस्यता रोक्ने निर्णय गरेपछि उनी ११औँ महाधिवेशन प्रक्रियाबाट समेत बाहिरिएकी थिइन्। त्यसयता एमालेभित्र ओली र भण्डारी पक्षबीच दूरी बढ्दै गएको थियो।

महाधिवेशनमा ईश्वर पोखरेल नेतृत्वको समानान्तर शक्ति–प्रयास असफल भएपछि भण्डारी समूह झन् निष्क्रियजस्तै बनेको थियो। तर पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि एमाले नेतृत्वमाथि उठेको प्रश्न, पार्टीभित्र ओलीको विकल्प खोज्ने बहस र दोस्रो तहका नेताहरूको सक्रियताले परिस्थिति फेरिन थालेको संकेत देखिएको छ।

यही परिवेशबीच गत साता भक्तपुरको गुन्डुमा ओली–भण्डारी भेटवार्ता भएको थियो। त्यसको केही दिनमै एमालेले भण्डारीलाई प्रमुख अतिथि बनाउनु पार्टीभित्र सम्बन्ध सुधार र सम्भावित शक्ति पुनर्सन्तुलनको संकेतका रूपमा व्याख्या हुन थालेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जापानीज राजदुतसँग शिक्षामन्त्रीको भेट, शिक्षामा जापनको सहयोग लिने

काठमाडौँ, ३२ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको

अमेरिकी राजदुतसग भेटेर उद्योग मन्त्रीले के के भन्नु भयो

काठमाडौँ, ३२,असार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (CDA) स्कट अर्बम (Scott Urbom) बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको