नयाँ सरकारसँगै नीतिगत स्थिरता र लगानीको आशा पलाएको छः सभामुख अर्याल

काठमाडौं,४ जेठ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरण प्रति आशा पलाएको बताउनु भएको छ । नेपाल व्यापार शिखर सम्मेलनको उद्घाटन समारोह बोल्दै उहाँले लगानीकर्तामा देखिएको नयाँ उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्न सरकार नीतिगत स्थायित्व कायम गर्न प्रतिबद्ध हुनुपर्ने बताउनु भयो ।

 

उहाँले भँन्नु भयो, ‘नयाँ सरकारको आगमनसँगै नीति गत स्थिरता र निजी क्षेत्र मैत्री वातावरण आसा पलाएको छ । यसले लगानी कर्ताहरूमा नयाँ उत्साह भनुर्का साथौ उत्साहलाई दुर्गकालीन विश्वासमा बदल्न हामीले नितीतग स्थिकायम गर्न सक्नु पर्दछ ।’ सभामुख अर्यालले वर्तमान आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परागत कार्यशैली मात्र पर्याप्त नहुने भन्दै अब इनोभेसन र डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

 

‘अहिले लिएको आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परा गत शैली मात्र पर्याप्त हुँदैन । यसमा इनोभेसन र डिजिटलाइजेसनलाई मुख्य प्राथमिकता दिन सक्नुपर्द छ,’ उहाँले भन्नु भयो। उहाँका अनुसार नेपालको आगामी प्राथमिकता सूचना प्रविधि आईटी क्षेत्र हुनुपर्नेछ र यही क्षेत्र देशको आर्थिक रूपान्तरणको ‘गेम चेन्जर’ बन्न सक्ने सम्भावना रहेको छ । ‘अबको प्रथमीकता आइटी क्षेत्र नै हुनु पर्छ र नेपालको लागि आइटिनै गोम चेन्जर बन्न सक्छ । यस क्षेत्रलाई संस्थागत गर्न डिजिटल बिजनेस हब बनाउन र एआई मैत्री कानुनी पुर्वधार निर्माण गर्न हामीले काम गरी रहेको छौँ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले