सभामुख अगाडि उभिएर श्रम संस्कृतिका सांसदको पर्चा प्रदर्शन

काठमाडौं,४ जेठ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध गरेको छ । सभामुखको अगाडि विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको हो । बैठकको कारबाही सुरु भए लगत्तै वेलमा पुगेर श्रम संस्कृतिका सांसदले सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चा देखाउनु भएको हो । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर भन्दै विरोध गरेको हो ।

उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गर्नु भएको थियो। उहाँले भन्नु भयो, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अगाडि प्रदर्शन गर्नुभयो ।’ सभामुख अर्यालले संसदीय मर्यादामा बसेर विरोध गर्न निर्देशन दिनु भयो । यति बेला श्रम संस्कृतिका सांसद आफ्नो शरीरमा पोस्टर टाँसेर सिटमा बसेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तस्करी नियन्त्रण र फरार अपराधी पक्राउमा रौतहट प्रहरीलाई ठूलो सफलता

रौतहट,४ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार छली, तस्करी रोकथाम तथा फरार प्रतिवादी पक्राउ अभियानमा उत्साहजनक सफलता हासिल

रौतहटमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, दुई बालक घाइते

रौतहट,४ जेठ । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्

साथीको रिहाइ माग गर्दै कलैयामा किन्नर समूह र प्रहरीबीच झडप

रौतहट,५ जेठ । बाराको सदरमुकाम कलैयामा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समूदायका व्यक्ति एवम किन्नरहरुबीचको आपसी विवादले उग्ररूप लिँदा जिल्ला प्रहरी कार्यालय अगाडिको क्षेत्र केही समय

मधेश प्रदेशमा एकै पटक १९ खेलको प्रदेश स्तरीय प्रतियोगिता सुरु

जनकपुर,४ जेठ । मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मेधश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषद्, जनकपुरद्वारा

रास्वपा मोरङका शासंदलाई बलत्कारको आरोप, पार्टीले गर्ला त कारबाही ?

बैदेशिक रोजगारीका क्रममा जापान बसेर फर्किएका ४० वर्षीय कृष्णकुमार कार्की रतुवामाइ नगरपालिकाका बासिन्दा हुन भने जेन जी आन्दोलन अघि स्वदेश फर्किएका कार्की आन्दोलनका क्रममा संविधान

अदालतको बीमापोष्ट हटाउने आदेशप्रति पत्रकार संघको आपत्ति

काठमाडौं,४ जेठ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ