साथीको रिहाइ माग गर्दै कलैयामा किन्नर समूह र प्रहरीबीच झडप

रौतहट,५ जेठ । बाराको सदरमुकाम कलैयामा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समूदायका व्यक्ति एवम किन्नरहरुबीचको आपसी विवादले उग्ररूप लिँदा जिल्ला प्रहरी कार्यालय अगाडिको क्षेत्र केही समय तनावग्रस्त बनेको छ ।
एक जना किन्नरलाई प्रहरीले नियन्त्रणमा लिएपछि सुरु भएको विरोध प्रदर्शन झडपमा परिणत भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो ।

स्थानीय स्रोतका अनुसार कलैयामा किन्नर तथा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका दुई पक्षबीच केही समयदेखि आन्तरिक विवाद चल्दै आएको थियो। सोही विवादका क्रममा शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा प्रहरीले एक जना किन्नरलाई पक्राउ गरेको थियो। आफ्नो साथीलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने माग राख्दै समुदायका अन्य सदस्यहरू आन्दोलित भएका हुन्। पक्राउको विरोधमा आक्रोशित बनेका किन्नरहरू ठूलो संख्यामा जिल्ला प्रहरी कार्यालय बाराको मुख्य गेट अगाडि जम्मा भएका थिए । प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै सडकमै अर्धनग्न भएर प्रदर्शन सुरु गरे । चोक र सरकारी कार्यालय अगाडि भएको यस्तो अप्रत्याशित प्रदर्शनले गर्दा आसपासको यातायात र बजार क्षेत्र समेत केहीबेर प्रभावित बनेको थियो।

प्रदर्शन शान्तिपूर्ण रूपमा मात्रै सीमित रहेन । नाराबाजीकै क्रममा आक्रोशित प्रदर्शनकारीहरूको समूहले जिल्ला प्रहरी कार्यालयको भित्री परिसरमा प्रवेश गर्न र कार्यालय घेराउ गर्न खोजेपछि सुरक्षा संवेदनशीलता बढेको थियो ।
प्रहरीले निषेधित क्षेत्र पार नगर्न चेतावनी दिएता पनि प्रदर्शनकारीहरू अगाडि बढ्न खोजेपछि अवस्था नियन्त्रण बाहिर जाने जोखिम बढेको थियो।

शान्ति सुरक्षा कायम राख्न र सरकारी कार्यालयको सुरक्षाका लागि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठीचार्ज सुरु गरेपछि घटनास्थलमा भागाभाग मच्चिएको थियो । लाठीचार्जका क्रममा केही प्रदर्शनकारीलाई सामान्य चोटपटक लागेको बताइएको छ ।
झडपको स्थिति सिर्जना भएलगत्तै सदरमुकाम कलैयाको सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा प्रहरीका अनुसार हाल सो क्षेत्रको अवस्था पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ र जनजीवन सामान्य बन्दै गएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले