अनुसन्धान जारी

रौतहटमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, दुई बालक घाइते

रौतहट,४ जेठ । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कोप्वाबाट फतुवातर्फ जाँदै गरेको म.प्र.०५–००१प ०१८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक बारागढी गाउँपालिका–३ मुर्कीपालियाका २२ वर्षीय मुकेश मुखियाको उपचारका क्रममा मृत्यु भएको छ । अनुहार र टाउकोमा गम्भीर चोट लागेका मुखियालाई उपचारका लागि वीरगञ्जस्थित मेट्रो सिटी अस्पताल लगिएकोमा सोमबार अपराह्न करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदिप बस्यालका अनुसार सो दुर्घटनामा मोटरसाइकलमा सवार राजपुर नगरपालिका–२ निवासी रामजी मुखियाका छोराहरू १० वर्षीय शिवजी मुखिया र ८ वर्षीय सुजित मुखिया घाइते भएका छन् ।

घाइते दुवै बालकको शरीरका विभिन्न भागमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको उहाँले जानकारी दिनु भयो । घाइतेहरूको पनि मेट्रो सिटी अस्पताल वीरगञ्जमै उपचार भइरहेको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले