दलित समुदाय माथिको विभेद अन्त्य गर्न सांसद घतानीको माग

काठमाडौं,५ जेठ। सांसद नीता घतानीले दलित समुदाय माथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । मंगलबार प्रतिनिधिसभामा बोल्दै उहाँले माइतीघर मण्डलामा दिपा नेपाली ३१ दिनदेखि सत्याग्रह बसिरहेको उल्लेख गर्दै यो केवल कोठाको विषय मात्र नभई दलित समुदायमाथि वर्षौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार माथि उठेको समाजको यथार्थ रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘दिपा नेपाली माइतीघर मण्डलामा सत्याग्रह वा धर्ना बसेको आज ३१ दिन हुँदैछ । यो कोठको विषय मात्र होइन यो दलित समुदायमाथि वषौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार हो ।’ उहाँले राज्यमा दलित समुदायका लागि अवसर, सम्मान र पहुँच अझै खाली रहेको यथार्थ प्रश्न रहेको बताउनु भयो।

‘राज्यमा दलित समुदायको लागि अवसर, सम्मान र समान पहुँच अझै छैन् । हामीले संविधानमा समानता, सामाजिक न्याय, दलितको हकको विषय राख्यौ छुवाछुत राष्ट्रमुक्त घोषणा पनि गर्यौं तर व्यवहारमा अझै फरक देखिन्छ,’ उहाँले भन्नु भयो। उहाँले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिए पनि समाजमा अझै फरक व्यवहार नदेखिएको बताउनु भयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले