शून्य समयका विषय कार्यान्वयन गर्न शक्तिशाली आयोग गठनको माग

काठमाडौँ,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका सांसद जगदीश खरेलले प्रतिनिधिसभाको शून्य समयमा उठाइएका विषयहरू कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउनु भएको छ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सदनमा उठाएका कुराहरू क्यामेरामा रेकर्ड गर्न मात्र हो कि कार्यान्वयनमा पनि आउँछन् भन्दै सरकारलाई प्रश्न गर्नु भएको छ्।

उहाँले गत अधिवेशनमा आफूले उठाएका जनसरोकारका विषयमा अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गर्नु भएको छ।
उहाँले भन्नु भयो,‘मैंले गत सदनमा पनि कुरा उठाएको थिएँ, बर्खा लाग्न लागिसक्यो तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । आजसम्म शून्य समयमा उठेका कुराहरू क्यामेराले खिचेर रेकर्ड गर्न मात्र हो कि कार्यान्वयनमा ल्याउन पनि हो? त्यही क्यामेरामा रेकर्ड गराउन मात्र हो भने यो शून्य समय बन्द गरियोस्।’

शून्य समयको उठाइएका विषय कार्यान्वयन र नियमन गर्न शक्तिशाली आयोग वा समिति गठन गर्नुपर्ने प्रस्ताव राख्नु भयो । उहाँले भन्नु भयो, ‘होइन भने शून्य समयमा उठाएका विषयमा शक्तिशाली आयोग र समिति गठन गरेर नियमनमा गइयोस्।’
सदनमा सांसदहरूले बोलेका कुराहरूको सुनुवाइ नहुँदा सांसद मौन हुनुपर्ने अवस्था आएको भन्दै उहाँले रास्वपाकै सांसद हरि ढकालले अघिल्लो सदनमा आफ्ना कुराहरूको सुनुवाइ नभएको भन्दै शून्य समयमा मौनधारण गरेको प्रसंग स्मरण गराउनु भयो ।’ उहाँले चेतावनी दिँदै भन्नु भयो,‘अघिल्लो सदनमा सांसद हरि ढकालले मौनधारण गरेको देखेका छौँ, अब फेरि त्यो दिन नआओस् ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले