कोस्टल हाइवेलाई प्राथमिकता दिन रास्वपा सांसद गुप्ताको माग

काठमाडौं,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद नरेन्द्र कुमार गुप्ताले तराई–मधेस क्षेत्रमा सहज यातायात पहुँच विस्तारका लागि कोस्टल हाइवे निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्नु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले झापाको केचनादेखि कञ्चनपुरको दोधारा–चाँदनीसम्म जोड्ने प्रस्तावित कोस्टल हाइवे राष्ट्रिय आयोजना भएपनि सरकारले आवश्यक बजेट प्राथमिकता नदिएको गुनासो गर्नु भएको छ ।
उहाँले भन्नु भयो, ‘राणाकालिन समयदेखि तराइ–मधेसको सहज यातायात पहुँच बिस्तार गनुपर्ने लक्ष्य अनुरूप भेलाका राजमार्ग कोस्टल हाइवे झापाको केचनादेखि पश्चिममा कन्चनपुरको दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने गर्दछ । तर यो राजमार्ग नेपाल सरकारको कहिले पनि बजेट प्रथमिकतामा परेको देखिदैन् ।’

उहाँले यो नेपालको भूभाग हुँदाहुँदै पनि तराई–मधेसका नागरिकले आवागमनमा ठूलो समस्या भोगिरहेको बताउनु भयो । सांसद गुप्ताले तराई–मधेस क्षेत्रलाई जोड्ने उक्त मार्गलाई ‘तराई–मधेस राष्ट्रिय लेकमार्ग’ को रूपमा विकास गरी चार लेनको सडक निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले उक्त सडकलाई प्रमुख व्यापारिक सडकसँग जोड्न सके आर्थिक गतिविधिलाई ठूलो टेवा पुग्ने दाबी गर्नु भयो।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले