खेतदेखि ओछ्यानसम्मबाट सर्प समात्ने उर्लाबारीको रमेशको कथा

मोरङ,५ जेठ । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षको हुनु भयो। उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकनु भएको छ। यस अवधिमा उहाँले १ हजार ३ सयभन्दा बढी सर्प सुरक्षित रूपमा उद्धार गरिसकनु भएको छ भने कहिले खेत खलियानबाट, कहिले भान्छा घरबाट, त कहिले मानिसको ओछ्यानबाटै। भण्डारीको सर्पसँगको सम्बन्ध २० वर्षको उमेरदेखि सुरु भयो। छिमेकी तथा वन प्राविधिक प्रेम विष्टसँगको संगतले उहाँलाई सर्प प्रेमी बनायो। कुनै विशेष उपकरणबिनै ठुला सर्पलाई समात्ने विष्टको सीपले उहाँलाई आकर्षित ग¥यो। त्यही सिकाइले उहाँलाई पनि बिस्तारै सर्प समात्न र उद्धार गर्न सक्षम बनायो।

सुरुआती दिन सहज थिएनन्। अविषालु सर्प समात्ने क्रममा उहाँ पटक–पटक डसिनु भयो। तर विष नभएका सर्पले ज्यान लिँदैनन् भन्ने आत्मविश्वासले उहाँलाई रोक्न सकेन। बिस्तारै उहाँले विषालु सर्पको व्यवहार, जोखिम र उद्धार विधिबारे पनि गहिरो ज्ञान हासिल गर्नु भयो। सर्पले उद्धारकर्तालाई चिन्छ जस्तो लाग्छ,भण्डारी भन्नु हुन्छ, हामी पुगेपछि सर्प अझै सतर्क हुन्छ। त्यसैले धेरै सजग हुनुपर्छ। उहाँका अनुसार सर्प देख्ने बित्तिकै ढुंगा हान्ने, लाठीले हिर्काउने वा आगो लगाउने प्रवृत्ति गलत हो। त्यस्तो गर्दा सर्प आक्रामक बन्छ। सर्पले आफूलाई खतरा महसुस नगरेसम्म मानिसलाई टोक्दैन, उहाँले भन्नु भयो।

भण्डारी सर्पलाई जोखिमको स्रोत होइन, वातावरणीय सन्तुलनको महत्त्वपूर्ण अंग मान्नु हुन्छ्। उहाँका अनुसार सर्पले खेतबारीमा मुसा नियन्त्रणदेखि विभिन्न कीटाणु नियन्त्रणसम्म भूमिका खेल्छ। तर समाजमा अझै पनि सर्पप्रति गहिरो भय कायम छ। यही डर हटाउन भण्डारी विद्यालय, किसान समूह र स्थानीय संघसंस्थामा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु हुन्छ्। वासस्थान सुरक्षित राख्न सके सर्प घरमा पस्दैनन्, उहाँ भन्नु हुन्छ्, तर मानिसकै कारण सर्प पनि जोखिममा परेका छन्।

सुरुका दिनमा परिवारले यस्तो जोखिमपूर्ण काम नगर्न सुझाव दिएका थिए। तर उहाँले आफ्नो बाटो छाडनु भएन। अहिले वर्षायाममा त प्रायः दैनिक जसो सर्प उद्धारमा उहाँको दिन बित्छ। सूचना आउनासाथ उहाँ जुनसुकै बेला घरबाट निस्किनु हुन्छ। यो काम पूर्ण रूपमा स्वयंसेवी हो। आर्थिक आम्दानी छैन। तर उहाँ सन्तुष्ट हुनुन्छ। पैसा कमाइ नभए पनि नाम चलेको छ, उहाँ मुस्कुराउँदै भन्नु हुन्छ, त्यसैलाई नै आफ्नो सम्पत्ति ठानेको छु। उहाँले दुखेसो पोख्नु भयो, स्थानीय ठाउँमा कला क्षमताको सम्मान छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले