बाजुरामा १० दिनदेखि बेपत्ता महिला कर्णाली नदी किनारमा मृत फेला

बाजुरा,५ जेठ । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा (शाही) बेपत्ता भएको करिब १० दिन पछि मृत भेटिएकी हुन् ।

श्रीमान् सँग झैँ–झगडा भई २०८३ वैशाख २६ गते घर बाट माइतीघर जान्छु भनी गएकी शाही माइतीघर पनि नगई बेपत्ता भएकी थिइन् । आफन्त छर छिमेकमा खोजतलास गर्दा फेला नपरेपछि उनका दाइ नर बहादुर बुढाले हुलिया सहित प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आज मंगलबार बिहान कालिकोटको त्रिवेणी गाउँपालिका २ आमतडा स्थित कर्णाली नदिको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार, अहिले घटनास्थलमा प्रहरी चौकी सान्नी कालिकोटबाट प्रहरी टोली खटिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले