प्रधानन्यायाधीशको सुनुवाइमा हतार गरिएको भन्दै विपक्षीको असन्तुष्टि

काठमाडौं,५ जेठ। प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उहाँविरुद्ध परेका उजुरीमाथि हतारमा सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी सदस्यहरूले उजुरीमाथि अध्ययन गर्ने समय पनि नदिनुका साथै प्रक्रिया पूरा नगरी सुनुवाइमा हतार गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता एवं समिति सदस्य वर्षमान पुनले प्रक्रिया पूरा गरेर मात्र सुनुवाइ अघि बढ्नुपर्ने धारणा राख्नु भयो। उहाँले ६ वर्ष प्रधानन्यायाधीश रहने व्यक्तिको कार्ययोजना र प्रतिबद्धता गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र प्रतिबद्धताहरू वितरण गर्ने भन्ने कुरा अनौपचारिक बैठकमा नै भएको थियो। कार्यकारीले गरेको निर्णयमा असहमति जनाउन मात्र हामी बसेका होइनौँ। त्यसैले प्रक्रिया पनि पूरा गरौँ। काममा धेरै ढिलो पनि नगरौँ। आज हुन्छ या भोलि कसरी हुन्छ, अलि छलफल र अध्ययन पनि गरौँ। प्रधानन्यायाधीश ६ वर्ष बस्नुहुन्छ । अहिलेको सरकारदेखि अर्को सरकारसम्म काम गर्नुपर्छ, त्यसैले उहाँको कार्ययोजना पनि राम्रो हुनुपर्छ। यसलाई धेरै राम्रोसँग अध्ययन गरौँ ।’

उहाँले निर्णयमा हतारो गरेको देखेर समिति सभापतिलाई दबाब आएको आशंका समेत व्यक्त गर्नु भयो।
त्यस्तै, नेकपा एमालेकी नेतृ एवं समिति सदस्य पद्मा अर्यालले छलफल नै नगरी एकैदिन सबै प्रक्रिया टुंग्याउन खोज्दा समितिको गरिमामाथि प्रश्न उठ्ने र अपारदर्शी हुने बतायनु भयो। उहाँले यति सारो हतार गरेर आजै सबै कुरा टुङ्ग्याउनुपर्ने त्यस्तो के परिस्थिति सिर्जना भयो भन्दै सभापतिलाई प्रश्न गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘आज उजुरी प्राप्त हुन्छन्। त्यो प्राप्त गरेपछि त्यसमा हामीले हाम्रो धारणा राख्छौँ। जुन प्रक्रिया छ, त्यही अनुरूप निर्णय भएर अगाडि बढ्ने हो । आफूलाई लागेको कुरा राख्दा विरोध नै गरेको ठानियो भने त्यो छुट्टै कुरा भयो, नत्र यो हाम्रो दायित्व हो भन्ने म ठान्छु । यति सारो हतार गरेर आजै सबै कुरा टुङ्ग्याउनुपर्ने सभापतिज्यूको अगाडि के परिस्थिति सिर्जना भयो भन्ने मेरो प्रश्न छ। उजुरीकर्ताको कुरा सुन्ने र हामीले पनि बुझ्ने समय चाहिन्छ। हतार गरेपछि अपारदर्शी हुन्छ र समितिको गरिमा माथि प्रश्न उठ्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले