अर्थमन्त्रीबिनाको प्रि–बजेट छलफलप्रति सांसद सिंहको आपत्ति

काठमाडौं,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेट माथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित हुनुन्थ्यो। आफ्नो २० वर्षको संसदीय अभ्यासमा पहिलोपटक अर्थमन्त्रीविना नै प्रि–बजेट छलफल भएको देखेको भन्दै सांसद सिंहले आपत्ति जनाउनु भयो।

नयाँपनको नाममा संसदीय परम्परा भत्काउँदै जाँदा संसद्को औचित्य नै समाप्त हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भयो।
उहाँले भन्नु भयो,‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिँदैन। बजेटको विनियोजन प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने परम्परा छ। परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । हामी पाँचौं पटकका सांसद छौँ, यसरी सबै परम्परा भत्काउँदै गयौँ भने यो संसद्को औचित्य नै समाप्त हुन्छ।’

उहाँले संसद्मा प्रश्न गर्दै थप्नु भयो, ‘२० वर्षको कार्यकालमा पहिलोपटक देख्दै छु, अर्थमन्त्रीविना प्रि–बजेट छलफल भइरहेको छ। यो कस्तो परम्पराको सुरुवात हुँदै छ? नयाँको नाममा सबै चिज भत्काउने होइन। नयाँको नाममा सबै भत्काउने नै हो भने सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री र मन्त्री पद पनि भत्काऔँ, सबै चिजहरू परिवर्तन गरौँ। तर, त्यो औचित्यपूर्ण हुनुपर्छ। जति व्यस्त भए पनि एक–दुई दिनको छलफलमा अर्थमन्त्री बस्नुपर्छ।’ यसका साथै, बजेट विनियोजनको प्राथमिकतामा मधेशका लागि केही पनि नसमेटिएको भन्दै उहाँले सरकारसमक्ष गुनासोसमेत गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले