बजेट जनअनुमोदित एजेन्डा र दर्शन अनुरूप नै छः अर्थमन्त्री वाग्ले

काठमाडौं,५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकताहरू जनताबाट अनुमोदित एजेन्डा र दर्शन अनुरूप नै आएको स्पष्ट पार्नु भएको छ।मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफ्नै भाषा र आफ्नै पूर्ण दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्न पर्ने जवाफ दिनु भएको छ् । उहाँले भन्नु भयो, ‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार अनुसार नै हामीले प्रस्तुत गरेका हौँ। अब आफ्नै भाषा, आफ्नै दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव चाहिँ कुर्नु पर्ला।’

नयाँ शक्ति र पुस्ता संसद्मा आएपछि संविधानमाथि संशय गरिएको भन्ने आरोपको खण्डन गर्दै उनले संविधानप्रतिको आफ्नो बफादारी अटुट रहेको दाबी गर्नु भएका छे। ‘संविधानप्रतिको हाम्रो बफादारीबारे आधारहीन संशय छरिएको छ। संविधानमा मन नपरेका प्रावधानहरूलाई फेर्नुपरे पनि यही संविधानकै धारा २७४ र २७५ टेकेर मात्रै गर्छौँ भन्ने कुरा हामीले वाचापत्रमै स्पष्ट रूपमा उल्लेख गरेका छौँ,’अर्थमन्त्री वाग्लेले स्पष्ट पार्नु भयो।

अर्थतन्त्रको मूल गन्तव्यमा सबै दलको साझा बुझाइ हुनुपर्ने भन्दै उहाँले साध्य र साधनको फरक पाटोबारे चर्चा गर्नु भयो । ‘हाम्रो चाहना अर्थतन्त्रको आकार बढोस्, सम्मानजनक रोजगारी र औसत प्रतिव्यक्ति आयमा वृद्धि होस् भन्ने नै हो। राज्यले सामाजिक न्यायको पक्षमा गर्न सक्ने लगानीको सामथ्र्य बढोस् र अन्तर्राष्ट्रिय प्रतिष्ठा एवं आत्मसम्मान कायम होस्,’ उहाँले भन्नु भयो, ‘अब त्यहाँ पुग्ने बाटोमा चाहिँ केही विमति हुन सक्छ। साध्य र गन्तव्यमा विमति नहोला, पुग्ने बाटोमा चाहिँ जरुर केही विमतिहरू छन्।’

विगतका परम्परागत राजनीतिक दल र शासकीय शैलीप्रति लक्षित गर्दै अर्थमन्त्री वाग्लेले देशमा रूपान्तरणको लहर आउनुको मुख्य कारण नै पुरानो कार्यशैली असफल हुनु रहेको बताउनु भयो। उहाँले भन्नु भयो, ‘विगत ३० वर्षकै नीति, शासकीय शैली र चरित्र ठिक भएको भए राजनीतिमा पुस्तान्तरण र आर्थिक–सामाजिक क्षेत्रमा यति धेरै रूपान्तरणको माग नै हुने थिएन।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले