रामेछापको उमाकुण्डमा आधारभूत अस्पताल अलपत्र

रामेछाप,६ जेठ । रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आधारभूत अस्पतालको भवन बनेको भए पनि अस्पताल स्विकृत नहुँदा सञ्चालनमा आउन सकेको छैन । केपी ओली प्रधानमन्त्री भएको बेला देश भरका स्थानीय तहमा कम्तीमा एउटा आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुसार यो अस्पतालको भवन निर्माण भएको थियो । संघीय सरकारको बजेटबाट अस्पताल भवन निर्माण भए पनि अस्पताल र दरबन्दी विकृत नहुँदा अस्पताल सञ्चालनमा आउन नसकेको वडाध्यक्ष खम्बध्वज बस्नेतले बताउनु भयो।

एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत सो अस्पताल निर्माण गरिएको उहाँले जानकारी दिनु भयो । यस अघि स्वास्थ्य चौकी रहेको स्थानमा नै जग्गा खरिद गरी अस्पताल भवन बनाइएको उहाँले बताउनु भयो । वडा र गाउँपालिकाबाट गर्ने प्रक्रिया गरिहरेको उहाँले जानकारी दिनु भयो । स्वास्थ्य चौकीको सट्टा छिटोभन्दा छिटो अस्पताल सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको उहाँको भनाइ छ । आधारभूत अस्पताल सञ्चालनको लागि आफूले प्रयास गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले केन्द्र सरकारबाट स्वीकृति नआएको कारण गाउँपालिकाले समेत डाक्टर राखेर सेवा चलाइरहेको जानकारी दिनु भयो । डाक्टर बस्ने वातावरण बनाउन स्थानीयलाई पनि उहाँले आग्रह गर्नु भयो ।

दुर्गम गाउँको अस्पताल सञ्चालन नहुँदा स्थानीयले उपचार नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै स्थानीयले अस्पताल चलाउने वातावरण बनाइदिन वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापासँग अनुरोध गर्नु भयो। स्वास्थ्य मन्त्री किरण थापा मगरले आधारभूत अस्पताल बनेपछि संघीय सरकारले २ जना मेडिकल अधिकृत सहित स्वास्थ्यकर्मी पठाउने र त्यसमा प्रदेश सरकारले समेत सहयोग गर्ने बताउनु भयो । उहाँले सबैभन्दा पहिला अस्पताल सञ्चालनको स्वीकृति लिने प्रक्रिया अघि बढाउन आग्रह गर्नु भयो । यसको लागि स्थानीय तह, प्रदेशका सांसद र नागरिकको भूमिका आवश्यक रहेको उहाँले बताउनु भयो ।

अस्पताल स्वीकृत नहुँदा अस्पतालको लागि बनेको विशाल भवन प्रयोग विहीन भएको छ । अहिले पनि स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवा मात्र प्रवाह हुने गरेको छ । बिरामी पर्दा हेलिकप्टर रिजर्भ गरेर काठमाडौं जानु पर्ने बाध्यता स्थानीयको रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

साउनभित्र रासायनिक मल ल्याउने मन्त्रालयको तयारी

काठमाडौं,१७ असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने तयारी गरेको छ

दमकमा तीनपाङ्ग्रे सवारीको चाप अत्याधीक , क्षमता भन्दा चार गुणा बढी सञ्चालन

यदि अवैध सवारी नियन्त्रण, अन्तरपालिकाबाट अनियन्त्रित रूपमा हुने सञ्चालन रोक्ने, लाइसेन्सविहीन चालकलाई सडकबाट हटाउने र प्रभावकारी ट्राफिक व्यवस्थापन तत्काल लागू गर्न सकिएन भने दमकका सडकमा गुडिरहेका हजारौं तीनपाङ्ग्रे सवारी भोलिका दिनमा सार्वजनिक यातायातको माध्यमभन्दा बढी दुर्घटनाको पासो बन्ने जोखिम अझ बढ्नेछ।

झापामा एक भारतीय नागरीक मृत फेला

दमक । असार १७ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।   मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित कुलोमा

मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न

काठमाडौं १७ असार ।  नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब

झापामा मकै उत्पादनमा ठूलो गिरावट

झापा, १६ असार । धानपछि दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैको उत्पादनमा यस वर्ष झापामा ठूलो ह्रास आएको छ। विगत तीन वर्षको तुलनामा यस

राष्ट्रपतिद्धारा रोटरी को तारिफ

काठमाडौं,१७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ ।