हेटौंडामा बजार अनुगमन तीव्र

हेटौंडा,६ जेठ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले बजारमा हुने अनियमितता नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका लागि अनुगमनलाई तीव्र बनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–१० स्थित सिमाचोक क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको तथा उपभोक्तालाई वस्तु तथा सेवासम्बन्धी स्पष्ट जानकारी नदिएको पाइएको छ ।

अनुगमन टोलीले विभिन्न व्यापारिक प्रतिष्ठानमा पुगेर उपभोग्य वस्तुको मूल्य, गुणस्तर, म्याद तथा कानुनी प्रावधानको पालना भए–नभएको विषयमा निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा कतिपय व्यवसायीले अनिवार्य रूपमा राख्नुपर्ने मूल्यसूची प्रदर्शन नगरेको, उपभोक्तालाई वस्तुको मूल्य र विवरण स्पष्ट रूपमा उपलब्ध नगराएको तथा उपभोक्ता अधिकारसम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नगरेको भेटिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने बताउँदै कानुन विपरीत कार्य गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिनु भएको छ । उहाँले व्यवसायीलाई नियमको पूर्ण पालना गर्न तथा पारदर्शी रूपमा व्यापार सञ्चालन गर्न आग्रह समेत गर्नु भयो।
अनुगमन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्तालाई कुनै पनि किसिमको कालोबजारी, मूल्यमा मनपरी, गुणस्तरहीन वस्तुको बिक्री–वितरण वा अन्य अनियमितता देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ। प्रशासनले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन आगामी दिनमा पनि नियमित अनुगमन जारी रहने जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा