सुकुम्वासी हटाएकोमा एमाले सांसद बरालको आपत्ति

काठमाडौं,६ जेठ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासी माथि अमानवीय व्यवहार गरेको आरोप लगाउनु भएको छ् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाउनु भएको छ।
उहाँले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५÷१५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय व्यावहारिक नभएको बताउनु भएको छ ।

‘पाँच जनाको परिवारलाई हिसाब गर्दा प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्रै पर्छ । यस्तो रकमले काठमाडौं आसपासमा कसरी जीवनयापन सम्भव हुन्छ ?’ उहाँले प्रश्न गर्नु भयो। सांसद बरालले सरकारको कदमलाई सुकुम्वासीमाथि गरिएको ‘ठूलो अमानवीय हमला’ को संज्ञा दिनु भयो । उहाँले अस्थायी बसोबासका लागि सरकारले दिने भनेको २५ हजार रुपैयाँले समस्या समाधान नहुने उल्लेख गर्दै, ‘उनीहरू जहाँ बसिरहेका थिए, त्यही नै उनीहरूको अस्थायी बसोबास थियो । अब स्थायी व्यवस्थापन गर्नुपर्ने बेला सरकारले जबरजस्ती हटाएको छ,’उहाँले भन्नु भयो। उहाँले सुकुम्वासीको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने माग समेत गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा गाह्रोः महावीर पुन

काठमाडौं,८ जेठ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा पनि गाह्रो भएको बताउनु भएको छ्। शिक्षा समितिको बैठकपछि

नेपाल र बेलायतका शिक्षा मन्त्रीबीच सिंहदरबारमा शिष्टाचार भेट

काठमाडौं,८ जेठ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको

हुलाकलाई आधुनिक कुरियर बनाउने र स्याटेलाइट चलाउने सरकारको योजना

काठमाडौं,८ जेठ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा देखिएका अनियमितता र भ्रष्टाचारमा सरकारले शून्य सहनशीलता अपनाउने बताउनु भएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको

कालिकोटमा विद्यालय पुनर्निर्माण गर्न जुटे अष्ट्रेलियाका नेपाली

सिड्नी,८ जेठ । कालिकोटस्थित एक विद्यालय पुनर्निर्माण गर्न अष्ट्रेलियाका नेपालीहरु एकजुट भएका छन्। हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले नेपालको कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लास्थित एक प्राथमिक

सुकुम्बासी समस्या र समावेशी राजनीतिबारे रास्वपाभित्र गम्भीर छलफल

काठमाडौं,८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले सुकुम्बासी समस्या, आदिवासी समुदायको प्रतिनिधित्व, समावेशी राजनीति तथा स्थानीय तहको कार्यशैलीबारे पार्टीभित्र गम्भीर छलफल भएको

संयुक्त राष्ट्रसंघसँग नेपालले माग्यो स्तरोन्नति स्थगन

काठमाडौं,८ जेठ । परराष्ट्र मन्त्रालयले अति कम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील मुलुकमा हुने निर्धारित स्तरउन्नतिलाई तत्कालका लागि स्थगन गर्न औपचारिक प्रक्रिया अघि बढाएको जनाएको