नेपाली चिया निर्यातको अन्योल हट्योः भारतद्वारा परीक्षण व्यवस्थामा संशोधन

काठमाडौं,६ जेठ । भारत सरकारले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ । भारतको टी बोर्डले मे १९, २०२६ मा जारी गरेको ‘कोरिजेन्डम–२’ अनुसार पुनः निर्यातका लागि आयात हुने चियाको मात्र अनिवार्य परीक्षण गरिने भएको हो।

यसअघि टी बोर्ड इन्डियाले मे १ देखि सबै आयातित चियाको अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था लागू गरेको थियो । उक्त व्यवस्थाले नेपाली चिया निर्यातमा अवरोध उत्पन्न हुने चिन्ता व्यवसायीहरूले व्यक्त गर्दै आएका थिए ।
नयाँ संशोधित निर्देशनअनुसार भारतभित्र आन्तरिक बिक्रीका लागि मात्रै आयात हुने चियाको परीक्षण तत्कालका लागि टी बोर्डले नगर्ने भएको छ । यस्तो चियाको नमुना परीक्षण भने भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण र भन्सार विभागले जोखिम व्यवस्थापन प्रणालीअनुसार गर्ने जनाइएको छ ।

टी बोर्डले जारी गरेको सूचनामा पुनः निर्यातका लागि ल्याइने चियाको गुणस्तर परीक्षण भने यथावत रहने उल्लेख गरिएको छ । साथै, सम्बन्धित प्रयोगशालाले नमुना प्राप्त भएको पाँच दिनभित्र परीक्षण प्रतिवेदन अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।
भारतीय निकायको यो निर्णयपछि नेपाली चिया निर्यातमा देखिएको अन्योल केही हदसम्म हट्ने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा