ट्रम्प र नेतन्याहू बीच इरान मामिलामा ’कठिन’ फोनवार्ता

काठमाडौं,७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर कठिन फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सीओसले जनाएको छ । रिपोर्टअनुसार, उक्त वार्तामा अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा क्षेत्रीय मुद्दामा सहमति खोज्ने नयाँ कूटनीतिक पहलबारे छलफल भएको थियो । यस पहलमा कतार, पाकिस्तान, साउदी अरब, टर्की र इजिप्ट लगायत देशहरू मध्यस्थकर्ताका रूपमा संलग्न रहेका छन् । वार्तापछि प्रधानमन्त्री नेतन्याहू निकै असन्तुष्ट भएको र उनी अत्यन्त आक्रोशित भएको स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिका र इरानबीचको प्रस्तावित सम्झौताको नयाँ मस्यौदा हाल छलफलमा रहेको पनि जनाइएको छ, जसले इरानको परमाणु कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता र रोक्का गरिएको सम्पत्तिबारे शर्तहरू समेट्ने अपेक्षा गरिएको छ । राष्ट्रपति ट्रम्पले भने कूटनीतिक समाधानको सम्भावनाप्रति खुला रहेको तर आवश्यक परे सैन्य विकल्प पनि कायम रहेको संकेत दिएका छन् । उनले स्थिति सम्झौता र द्वन्द्वको बीचमा रहेको टिप्पणी गरेका छन् ।

इरानले संशोधित प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ, तर आफ्नो अडानमा ठूलो परिवर्तन संकेत गरेको छैन । यसैबीच, इजरायलले वार्ताप्रति चिन्ता व्यक्त गर्दै कडा अडान अपनाउनुपर्ने पक्षमा जोड दिएको बताइएको छ । रिपोर्ट अनुसार, दुबै नेताबीच इरान नीतिलाई लिएर दृष्टिकोणमा स्पष्ट मतभेद देखिएको छ । हालसम्म ह्वाइट हाउस र इजरायली प्रधानमन्त्री कार्यालयले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न

काठमाडौं १७ असार ।  नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब

झापामा मकै उत्पादनमा ठूलो गिरावट

झापा, १६ असार । धानपछि दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैको उत्पादनमा यस वर्ष झापामा ठूलो ह्रास आएको छ। विगत तीन वर्षको तुलनामा यस

राष्ट्रपतिद्धारा रोटरी को तारिफ

काठमाडौं,१७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ ।

दलहरु संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं,१७ असार । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको

सरकारको हस्तक्षेपले एन्फा प्रतिबन्धमा पर्यो :ओली

काठमाडौं,१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम

मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

काठमाडौं, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री