ट्याक्सीको ‘कालो प्लेट’ र चर्को कर खारेज गर्न महाविर पुनको माग

काठमाडौं,७ जेठ । स्वतन्त्र सांसद महाविर पुनले ट्याक्सी व्यवसायमा देखिएको कर र ‘कालो प्लेट’ प्रणालीमा चलखेल भएको आरोप लगाउँदै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले ट्याक्सी चालकहरू श्रमिक वर्गका नागरिक भएकाले उनीहरूलाई अनावश्यक आर्थिक भार थोपारिएको बताउनु भयो । उहाँले ट्याक्सी चालकहरूले परिवार पाल्नका लागि ट्याक्सी व्यवसाय गरिरहेको उल्लेख गर्दै सरकारले ट्याक्सी खरिदमा २५० देखि ३०० प्रतिशतसम्म कर लगाएको दाबी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘म ट्याक्सी चालकहरुको कुरा राख्न चाहन्छु । जसले ट्याक्सी चलाइरहेको छ उनीहरु भनेको श्रमिक नै हो । उनीहरुले आफ्नो परिवार पाल्न ट्याक्सी व्यवसाय गरेको हो । ट्याक्सीमा हिड्दा मैले के थाहा पाए भने एउटा ट्याक्सी ट्याक्सी किन्नको लागि सरकारले २५० देखि ३०० प्रतिशत कर लगाएको छ ।’ सांसद पुनका अनुसार ट्याक्सी किन्दा लाग्ने कर बाहेक ‘कालो प्लेट’ अर्थात् ट्याक्सी लाइसेन्स प्लेट लिनकै लागि करिब १५ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको छ । ‘ट्याक्सी चालकहरुलाई अझै कर के थप रहेछ भने त्यो ट्याक्सीको लाइन्सेन्स प्लेट लिनको लागि १५ लाख रुपैयाँ कालो प्लेट लिनको लागि त्यसमा ट्याक्सीको पैसा त छुट्टै भयो । कालो प्लेट लिनको लागि १५ लाख लाग्ने रहेछ । यसमा चलखेलको कुरा छ ,’ उहाँले भन्नु भयो।

उहाँले उक्त व्यवस्थामा चलखेल र सिण्डिकेट रहेको आरोप लगाउँदै सरकारलाई यसबारे गम्भीर अध्ययन गर्न आग्रह गर्नु भयो । ‘यसमा चलखेलको कुरा छ, सिण्डिकेटको कुरा छ । त्यसैले यो चलखेललाई बुझेर तुरुन्त खारेज गरियोस्,’ उहाँले भन्नु भयो। सांसद पुनले ट्याक्सी चालकहरूलाई सहज वातावरणमा व्यवसाय सञ्चालन गर्न नीतिगत सुधार आवश्यक रहेको समेत बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले