पूर्वधार विकासमा अघी बढ्दै, बन्न बाँकी अझै छन् धेरै

दमक ।दमक नगरपालिका वार्ड १ विकास र पूर्वाधारमा सुक्ष्म ढंगले अघी बढिरहेको छ ।

योजनालाई कार्यान्वायनमा लैजानु अघी टोल टोलबाट योजना माग गर्ने र तीनलाई प्राथमीकतामा छनौट गरी बजेटको सिलिङ तोकर काम गर्ने गरेको छ ।

वार्डको बजेटले गर्ने सक्ने वार्डकै बजेट, नगरको बजेट हाल्नु पर्दा कार्यपालिकामा कन्भीन्स गर्ने र ठुला योजना छन् भने  संघ र प्रदेशमा पहल गरेर ती योजनाहरु अघी बढाउने गरीएको छ ।

यी मध्ये हामी केहि योजना तीनको कार्यान्वायनको अवस्था कस्तो छ भन्नेबारेमा स्थलगत जानकारी गराउँदै छौ ।

नम्बर एक : बेलडाँगी रोडमा बन्दै छ ड्रेन,  घरमा नपस्ने भयो पानीको भेल

यो बेलडाँगी रोड । सडकको चौडा सानो रहेकोले आवागमन गर्न असहज भएको छ । ड्रेन नहुदा घर तथा ढलको पानीको निकास कहि छैन । थिएन । यो समस्याको महसुस भएपछि यहाँका जनप्रतिनिधीको पहलमा अहिले दुवै तर्फ पक्की ड्रेन बनाउने काम धमाधम भइरहेको छ । यसबाट अव घर डुबानमा नपर्ने भयो भन्दै स्थानीयबासीले खुसी व्यक्त गरेका छन् ।

दमक नगरपालिका वार्ड १ र २ हुदै यो सडक बेलडाँगी सम्म जाने हो । यो सडकको बिचभागमा कालोपत्रे छ । तर दायाँ र बाँया खाली छ । ५० फिटको यो बाटोमा अहिले नगर स्तरीय योजनाबाट ड्रेन बन्ने काम भइरहेको छ । १ करोड अनुमानीत लागतमा ठेकेदारले ८३ लाखमा काम गर्ने सम्झौता गरेको छ । यसलाई यही आर्थीक वर्ष काम सकाएर अर्को वर्ष कालोपत्रे गर्ने योजनाकालागी तयारी पार्ने लक्ष्य राखीएको वार्ड अध्यक्ष हरी प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यो सडकको चौडाई समेत बढाएर काम गरिने भएपछि यो बाटो भएर दमक रवि चिसापानी सम्म जाने यात्रु तथा सवारी साधानहरुलाई सहज आवागमन हुने अपेक्षा राखीएको छ ।

नम्बर २ : देवान चोक देखी पाङ्गमी चोक सम्म बन्दै छ सडक,  बन्यो ड्रेन, हुदैछ ग्रावेल, बन्ने तयारीमा कालोपत्रे सडक

कुनैबेला हिलो गजगजी । सवारी साधान चलाउन त के निकाल्न पनि चुनौती । बर्खामा हिलोले हिडसक्नु । हिँउदमा धुलोले बस्नै नसक्नु । जमेको पानी घर तथा बस्तिमा पसेर गाउँनै हिलाम्मे । निकै अप्ठ्यारो स्थितीबाट गुज्रीएका यहाँका नागरिकले अव भने राहत पाउने भएका छन् । यो सडकमा  अघील्लै वर्ष दुवै तर्फ ड्रेन बन्ने काम सकिएको छ । अव अहिले ग्रोवलीङको काम धमाधम भइरहेको छ । र यसलाई कालोपत्रे गराएर मात्रै छोड्ने गरीको योजना छ । यसबाट नागरिकले अव चाहि राहत पाइने भइयो भन्दै खुसी व्यक्त गरेका छन् ।

 

यो सडक २ करोड ७६ लाख रुपैँयामा काम भइरहेको छ । यही आर्थीक वर्ष भित्र कालोपत्रे हुने छ । यसकालागी सबै पूर्व तयारी भइसकेको छ । संघीय सरकारले लगातार तीन वर्ष सम्म बजेट लगाइदिएका कारण यो सम्भव भएको वार्ड अध्यक्ष हरि न्यौपानेले जानकारी दिनुभयो ।

अहिले निर्माण व्यवसायीले का मगर्न केहि अल्छी पनि गरीरहेका छन् । जसले गर्दा समयमा काम नहोला की भन्ने चीन्ता पनि छ । निर्माण कम्पनीसग निरन्तर ताकेदा गरेर भएपनि निर्धारीत समयमै काम सम्पन्न गराउन अवाश्यक छ ।

नम्बर ३ : बुद्ध मार्गमा बन्न थाल्यो ड्रेन अनी ग्रावेल, यसै गरी बनाइने कालेपत्रेपनि

दमक नगरपालिका वार्ड १ बुद्ध टोलको बुद्ध मार्गमा अहिले ड्रेन निर्माणको काम धमाधम भइरहेको छ । मजदुरहरुको काम गरिरहेका छन् । स्थानीय जनप्रतिनिधीले प्रत्यक्ष निगरानी गरिरहेका छन् । कोशी प्रदेश सरकारसग समन्य गरेर ८० लाख बजेट ल्याइ यहाँ रहेको सडकको दुवै तर्फ ड्रेन निर्माणको काम धमाधम भइरहेको दमक नगरपालिका वार्ड १ का वार्ड सदस्य राजकर्ण राईले बताउनु भयो । अहिले ५ सय ४० मिटर लम्बाईको काम गरिने र बाँकी निरन्तर अघी बढाइने उहाँले जानकारी दिनुभएको छ ।

 

स्थानीय उपभोक्ता समेत रहनु भएका राई यहाँ सुरक्षीत सडकको अभावमा निकै जोखीम र चुनौती समेत मोल्नु परेको बिगत समेत सम्झनु भयो । उहाँले आफ्नो कार्यकाल सम्ममा यो सडकलाई कालोपत्रे बनाइ छाड्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।

यो सडकबाट बुद्ध मार्ग हुदै  किराता राई यायोक्खाको थान तथा रतुवा नदिको किनार सम्म पुग्न सकिन्छ । आदिवासी तथा विपिन्न बस्ति रहेको यो ठाउँमा कम पहुच भएका कारणले विकासमा समेत पछि परेको भन्दै स्थानीयबासीले जनप्रतिधिसग गुनासो समेत गर्दै आएका छन् ।

नम्बर ४: दुर्गा मन्दिर देखी पश्चिम खानेपानी सम्म बन्ने भयो कालोपत्रे, सडकका सास्ती र हैरानी अव हट्ने भए

दमक १ दुर्गा मन्दिर अगाडीको सडक । यहाँबाट पश्चिम तर्फ जादा हिमावी पूर्वको खानेपानी ट्याङकी पुगिन्छ । यो सडक अहिले सम्म कालोपत्रे भएको थिएन । कच्ची सडकमा यहाँका बासिन्दाले लामै समय सम्म हैरानी खेपीरहेका थिए । यही ठाउँमा बसेर सिटि सफारी चलाएर जिविको पार्जन गरिरहनु भएका रमेश राईको घरबाट मुख्य सडकमा सिटि सफारी निकाल्न कम्ता मुस्किल पर्दैन थियो । सडकको सास्तीकै कारण उहाँले सिटि सफारीका कयौ सामान भच्याउँनु पनि भएको थियो । उहाँ भन्नु हुन्छ त्यो बेला धेरै दुःख थियो अव चाहि कालोपत्रे बन्ने भएको छ रे केहि खुसी लागेको छ ।

यहाँ कोशी प्रदेश सरकारको लगानीमा कालोपत्रे गर्ने सडक बनीरहेको छ । यहाँ केहि सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समेत रहेका छन् । तीनको घर आगनमा जाने अर्को सहायक सडकमा पनि काम भइरहेको छ । दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईको उप प्रमुख कोषबाट १० लाख रुपैया ल्याएर यो सडकमा ड्रेन बनाउने काम पनि भइरहेको दमक नगरपालिका वार्ड १ का वार्ड सदस्य प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

 

कोशी प्रदेशसग महल गरेर योजना त ल्याएको छ । काम पनि हुदै छ । तर बजारको महगी र मौसमी बदललीले समयमा काम पो नसकिने हो कि भन्ने चिन्ता जनप्रतिनिधीलाई छ । यद्यपी यो पटक यहाँ जसरी पनि कालोपत्रे गराएर यस क्षेत्रका नागरिकको वर्षौ देखीको सास्तीलाई सहज बनाउने गरी निर्माण कम्पनीसग समेत सहकार्य भइरहेको वार्ड अध्यक्ष हरि प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

 

वर्षौ देखीको प्रतिक्षामा रहेको यो सडकले यो पटक चाहि बल्ल न्याय पाउने भएको छ । अव हिलोको दल दलबाट माथी उठ्दै कालोपत्रे सडकमा यात्रा गर्न यस क्षेत्रका नागरिकले पनि पाउने भएका छन् । नत्र कालोपत्रे सडक देख्नकालागी बेलडाँगी रोडनै आउनु पर्ने बाध्यता रहेको थियो ।

नम्बर ५ः भृकुटि माविमा बन्न थाल्यो नयाँ भवन, भौतीक विकासपछि हुनेभयो शैक्षिक विकास

दमक १ मा रहेको एकमात्रै सामुदायीक विद्यालय भृकुटि माद्यमिक विद्यालय । पछिल्लो समय निजी विद्यालयको चेपुवामा परेको छ । विद्यार्थीहरुको कमजोर उपस्थिती हुनुको मुख्य कारण यहाँ पर्याप्त भौतीक संरचनाको समेत अभाव हो । यही अभावकलाई आवश्यकतामा बदल्दै  यहाँ नयाँ भवन बन्न थालेको छ । संघीय सरकारबाट आएको स–सर्त अनुदानबाट आएको बजेटबाट यहाँ चारकोठे भवन बन्न लागेको दमक नगरपालिका वार्ड १ का वार्ड अध्यक्ष हरी प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

 

विद्यार्थीको कमजोर उपस्थितीलाई यो भवन बनिसकेपछि केहि सुधार हुन सक्ने अपेक्षा गरीएको छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशभर क्यान्सरको जीवनरक्षक औषधिको चरम अभाव

काठमाडौँ,७ जेठ । प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद् भवनभित्रै एक सांसदलाई अस्पतालबाट आएको फोनले संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

काठमाडौँ, ७ जेठ । विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली जाने गर्थे । जसले गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनावश्यक आर्थिक

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षीद्वारा संसद् अवरुद्ध

काठमाडौं,७ जेठ । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेका हुन्

बेइजिङमा सी र पुटिनबीच वार्ताः नयाँ युगको रणनीतिक साझेदारीमा जोड

एजेन्सी,७ जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नु भएको छ । चीन भ्रमणका लागि रुसका राष्ट्रपति पुटिन मंगलबार राति

पूर्वधार विकासमा अघी बढ्दै, बन्न बाँकी अझै छन् धेरै

दमक ।दमक नगरपालिका वार्ड १ विकास र पूर्वाधारमा सुक्ष्म ढंगले अघी बढिरहेको छ । योजनालाई कार्यान्वायनमा लैजानु अघी टोल टोलबाट योजना माग गर्ने र तीनलाई

भत्तामा विभेद भएको भन्दै जनकपुरमा शहीद परिवारको धर्ना

जनकपुर,७ जेठ ।  जनयुद्धका क्रममा शहीद भएकाहरुको परिवारजनले मधेश प्रदेशस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका जनआन्दोलन शहीद