भत्तामा विभेद भएको भन्दै जनकपुरमा शहीद परिवारको धर्ना

जनकपुर,७ जेठ ।  जनयुद्धका क्रममा शहीद भएकाहरुको परिवारजनले मधेश प्रदेशस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका जनआन्दोलन शहीद परिवारजनले विहीबार जनकपुरधाम स्थित गृह मन्त्रालय अगाडि धर्ना दिका छन् । मूल गेटमै धर्ना दिएका कारणले कर्मचारीहरुलाई समेत आवतजावत गर्न समस्या भएको छ । कार्यकक्ष भित्रका कर्मचारी बाहिर निस्कन सकेका छैनन् भने बाहिरका कर्मचारी भित्र प्रवेश गर्न कठिन भएको छ ।

विगतमा मधेश प्रदेश सरकारले वार्षिक तीन लाख रुपंैयाँ जनही शहीद परिवारलाई दिँदै आएकामा गत वर्षदेखि सरकारले विभेदपूर्ण रुपमा रकम वितरण गरेको मधेशी शहीद प्रतिष्ठानका अध्यक्ष मनोज प्रसाद पटेलले जानकारी दिनु भयो । उहाँका अनुसार सरकारले भने अनुसार पाउनुपर्ने सबै सहीद परिवारले रकम नपाएको, कतिपयले एक लाख र कतिले दई लाख रुपैयाँ मात्र पाएको बताउनु भयो ।

अध्यक्ष पटेलका अनुसार सरकारले शहीद परिवारहरुलाई पनि वर्गीकरण गरेर विभेद गर्दै आएको छ । सरकारले जेनजी आन्दोलन, मधेश आन्दोलन, जनयुद्धलगायत जुनसुकै शहीदलाई समान मानेर शहीद परिवारलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने अध्यक्ष पटेलको भनाइ छ । जुनसुकै समय र परिस्थितिमा सहादत दिएको भएपनि आखिर राष्ट्रकै लागि शहीद भएकाले सरकारले सम्पूर्ण शहीदहरुलाई समान र विना भेदभावको नजरले हेर्नुपर्ने अध्यक्ष पटेलको भनाइ छ । सरकारले तोकेको रकम सम्पूर्ण शहीद परिवारले पाउनु पर्ने भन्दै गृहमन्त्रालय घेराउ गरेको अध्यक्ष पटेलले जानकारी दिनु भयो ।

गृह मन्त्रालयले कुनै निर्णय नगरेसम्म आफूहरु धर्ना जारी राख्ने उहाँले बताउनु भयो। आगामी बजेटमा पनि सम्पूर्ण शहीद परिवारलाई एकमुष्ट रकम उपलब्ध हुनेगरी बजेट बनाउन जनयुद्धका शहीद परिवारजनको माग छ । यता गृह, सञ्चार तथा कानुनमन्त्री बाहिर गएको मन्त्रालयका कर्मचारीले जानकारी दिनु भयो । गृहमन्त्री फर्किने समय यकिन नभएकाले शहीद परिवारका सदस्यहरु अहिले पनि धर्नामै छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले