माङ्सेबुङ पालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याउने

इलाम,८ जेठ । इलामको माङ्सेबुङ गाउँपालिकाले आगामी जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको बहुभाषिक र स्थानीय स्वायत्तताको अधिकार प्रयोग गर्दै गाउँपालिकाले देशमै पहिलो पटक यो अभ्यास गर्न लागेको हो ।
गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी भाषिक कार्यान्वयनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
गत वैशाख ११ गते बसेको ६६औँ कार्यपालिका बैठकको निर्णयानुसार जेठ १२ गते एक विशेष समारोहका बीच लिम्बू भाषालाई कामकाजी भाषा घोषणा गरिने गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिनु भयो ।

माङ्सेबुङमा बहुसङ्ख्यक नागरिकले बोल्ने र किरात सिरिजङ्गा लिपिमा लेखिने लिम्बू भाषालाई सरकारी कामकाजको माध्यम बनाउन लागिएको हो ।
‘नेपालको संविधानले आत्मसात गरेको बहुभाषिक र बहुसाँस्कृतिक राष्ट्रको भावना, जनताको सार्वभौम अधिकारको मर्मअनुसार हामीले यो निर्णय गरेका हौँ,’ अध्यक्ष राईले भन्नु भयो ।

गाउँपालिकाले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ० )१० बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गरी यो कदम चालेको जनाएको छ ।

भाषा कार्यान्वयनलाई व्यावहारिक र सहज बनाउन गाउँपालिकाले प्रशासनिक तयारी समेत चुस्त बनाएको छ । सेवाग्राही र कार्यालयबीच भाषिक सञ्चारमा बाधा नआओस् भन्नका लागि पाँचौँ तहको ‘भाषिक सहजकर्ता’ करारमा नियुक्त गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईका अनुसार गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) मै दरबन्दी समावेश गरी स्वीकृत गरेर सहजकर्ता नियुक्त गरिएको हो । ती सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादक (ट्रान्सलेटर) को काम गर्नेछन् ।

यसका लागि ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका, २०७५’ र प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधिको कानुनी आधार लिइएको छ । बाहुल्य समुदायको सम्मानका लागि नेपालमै पहिलो पटक यस्तो अभ्यास गरिएको अधिकृत राईको दाबी छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार माङ्सेबुङ गाउँपालिकाको कुल जनसङ्ख्या १६ हजार ८१० रहेको छ । जसमा सबैभन्दा बढी ४२ दशमलव ८३ प्रतिशत लिम्बू समुदायको बसोबास छ भने ३३ दशमलव ६ प्रतिशत राई समुदाय रहेका छन् ।

बहुसङ्ख्यक नागरिकको मातृभाषालाई सरकारी कामकाजमा समेट्ने माङ्सेबुङको यो निर्णयलाई नेपालको भाषिक आन्दोलन र सङ्घीयता कार्यान्वयनको मार्गमा एउटा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार

भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको