तालिमरत आठ सशस्त्र प्रहरी जवान बेहोस

धनगढी,८ जेठ । कैलालीमा सशस्त्र प्रहरीको तालिम लिइरहेका आठ जना जवान बेहोस् भएका छन् ।

राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौड्ने क्रममा बेहोस् भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरु बेहोस् भएको जानकारी दिनु भयो ।
उहाँका अनुसार बेहोस् हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

उनीहरुलाई तत्काल टीकापुर अस्पताल लगेर अक्सिजन दिइएको थियो भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । अत्याधिक गर्मीका कारण प्रशिक्षार्थीलाई असहज भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न

काठमाडौं १७ असार ।  नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब

झापामा मकै उत्पादनमा ठूलो गिरावट

झापा, १६ असार । धानपछि दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैको उत्पादनमा यस वर्ष झापामा ठूलो ह्रास आएको छ। विगत तीन वर्षको तुलनामा यस

राष्ट्रपतिद्धारा रोटरी को तारिफ

काठमाडौं,१७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ ।

दलहरु संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं,१७ असार । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको

सरकारको हस्तक्षेपले एन्फा प्रतिबन्धमा पर्यो :ओली

काठमाडौं,१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम

मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

काठमाडौं, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री