हुलाकलाई आधुनिक कुरियर बनाउने र स्याटेलाइट चलाउने सरकारको योजना

काठमाडौं,८ जेठ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा देखिएका अनियमितता र भ्रष्टाचारमा सरकारले शून्य सहनशीलता अपनाउने बताउनु भएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयको अवस्था र भावी कार्ययोजनाबारे बोल्दै मन्त्री तिमिल्सिनाले यस्तो बताउनु भएको छ्।
बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले एनसेल लगायत दूरसञ्चार सेवा प्रदायकका कतिपय विषय अदालतमा विचाराधीन रहेकाले त्यसबारे धेरै बोल्न नमिल्ने बताउनु भयो । यद्यपि, बाहिर आएका चर्चित प्रतिवेदनहरूका आधारमा सरकार र सम्बन्धित निकायले गम्भीर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनु भयो । ‘जहाँ भ्रष्टाचार र अनियमितता भएको छ, त्यहाँ सरकारले गम्भीरतापूर्वक लिएर कारबाही अघि बढाउँछ,’ उहाँले भन्नु भयो।
मन्त्री तिमिल्सिनाले ग्रामीण दूरसञ्चार कोष (आरडिटिएफ) मा हाल १६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रकम प्रयोगविहीन अवस्थामा रहेको जानकारी दिनु भयो ।

जनताको पैसालाई लक्षित उद्देश्यमा खर्च गर्न अनेक बहाना बनाएर रोकिएको विगतलाई स्मरण गर्दै उनले अब उक्त कोषको रकमलाई ग्रामीण दूरसञ्चार विकासमै सदुपयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । विद्यमान कानुन र कर्मचारीतन्त्रले काम गर्नभन्दा पनि रोक्न बढी सिकाएको भन्दै मन्त्री तिमिल्सिनाले असन्तुष्टि व्यक्त गर्नु भयो । अनुसन्धान र विकास (आरएन्डडी) का लागि बजेट छुट्याउन खोज्दा कुन संस्थाले, के विषयमा अनुसन्धान गर्ने भनेर पहिल्यै खुलाउनुपर्ने कानुनी बाध्यताले काम गर्न अप्ठ्यारो परेको उहाँको भनाइ छ ।

नयाँ प्रविधिको रूपमा आएको ओटीटीलाई नियमनको दायरामा ल्याउने तयारी भइरहेको मन्त्री तिमिल्सिनाले बताउनु भयो।
नियमनको उद्देश्य उद्योगलाई मार्ने नभई व्यवस्थित गर्ने रहेको उहाँको भनाइ छ । त्यस्तै, नेपालमा फोरजीको पूर्ण क्षमतामा उपयोग हुन नसकेको यथार्थ स्वीकार्दै उनले विश्वव्यापी ट्रेन्डअनुसार अब फाइभजीको परीक्षणमा जानुको विकल्प नरहेको स्पष्ट पार्नु भयो। हुलाक सेवालाई आधुनिकीकरण गरी प्रभावकारी ‘कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना रहेको उहाँले सुनाउनु भयो। साथै, आफ्नै स्याटेलाइट सञ्चालनका लागि प्रस्तावहरू आएको र छिट्टै नेपालबाटै स्याटेलाइट सुविधा प्रदान गर्न सकिने सम्भावना रहेको उहाँले बताउनु भयो ।
विदेशमा रहेका नेपालीहरूको विज्ञता र पुँजीलाई नेपालको विकासमा कसरी जोड्ने भन्ने विषयमा पनि सरकारले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री तिमिल्सिनाले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले