नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा गाह्रोः महावीर पुन

काठमाडौं,८ जेठ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा पनि गाह्रो भएको बताउनु भएको छ्। शिक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पुनले बाँदर ज्यादै चलाख प्राणी भएकाले यसलाई धपाउने स्थायी प्रविधि विकास गर्न निकै कठिन रहेको र यसका लागि ठूलो अनुसन्धान आवश्यक रहेको औंल्याउनु भएको छ। आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन (बन्दुक) बनाएर विभिन्न जिल्लामा परीक्षण गरे पनि केही समयपछि बाँदरले टेर्न छाडेको उहाँले बताउनु भयो।

‘रकेट बनाउन सजिलो छ किनभने यसको प्रविधि संसारमा उपलब्ध छ। तर बाँदर धपाउने प्रविधि छैन । विकसित देशमा बाँदरले दुःख दिएको छैन, त्यसैले उनीहरूले यसमा प्रविधि विकास गरेनन्। हाम्रो देशमा हामी आफैंले अनुसन्धान गर्नुपर्छ।’
बाँदर नियन्त्रणको अनुसन्धानका लागि देशका पालिकाहरूलाई वार्षिक एक लाख रुपैयाँ मात्र छुट्याउन आग्रह गर्दा कसैले नमानेकोमा उहाँले गुनासो गर्नु भयो। ‘५ सय पालिकाले एक–एक लाख दिएको भए ५ करोड हुन्थ्यो, मज्जाले अध्ययन गर्न सकिन्थ्यो। तर एक लाख खर्च गर्न नसक्ने पालिकाका अध्यक्षहरू सिंहदरबारमा आएर बाँदरले दुःख दियो भनेर संसद थर्काउँछन्,’उहाँले आक्रोश पोख्नु भयो।

आविष्कार केन्द्रले आफ्नै स्रोतबाट ५०–६० लाख रुपैयाँ खर्च गरेर अनुसन्धान गरे पनि थप स्रोत नहुँदा काम रोक्नुपरेको उनले स्पष्ट पार्नु भयो। सार्वजनिक यातायातको कालो नम्बर प्लेट वितरणमा ठूलो सिन्डिकेट र भ्रष्टाचार भइरहेको पनि उहाँले बताउनु भयो । एउटा ट्याक्सीको नम्बर प्लेट लिन १५ लाख रुपैयाँसम्म घुस खुवाउनुपर्ने अवस्था रहेको भन्दै उनले यस्तो दलालीमा संलग्नहरूको ’बंगारा झार्नुपर्ने’ टिप्पणी गर्नु भयो।

‘पुरानो पार्टीका नेता र मन्त्रालयका कर्मचारीहरू दलालको पछि लागेर १५ लाखसम्म खाइरहेका छन्, यो अरबौंको चलखेल हो,’उहाँले भन्नु भयो। आफूले हिजो मात्रै यो विषय उठाएको र आजैदेखि सरकारले कालो प्लेट दर्ता बन्द गरेको सूचना निकालेको भन्दै उनले यसमा गम्भीर छानबिन हुनुपर्ने माग गर्नु भयो।
आफूले आत्मकथा किताब बेचेर कमाएको १२–१३ करोड रुपैयाँले वीरगञ्ज कृषि औजार कारखाना चलाइरहेको भन्दै पुनले यसबाट जलेर कुरा काट्नेहरूलाई ’महाफटाहा’ भन्नु भएको छ।

‘मैले चोखो कमाएर कारखाना चलाइरहेको छु, त्यो देखेर भित्रभित्रै जलेर मलाई उडाउनेहरू ठहरै परून्,’ आक्रोशित हुँदै उहाँले भन्नु भयो। पुनले आफूलाई राजनीतिमा कुनै चासो नरहेको स्पष्ट पार्दै केवल समाज सुधार, देश विकास र प्रविधिका विषयमा मात्र आफ्नो ध्यान केन्द्रित रहेको बताउनु भएको छ्।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले