लोकतान्त्रिक अभ्यास कमजोर पार्ने काम स्वीकार्य छैन : केसी

काठमाडौं ,९ जेठ। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शिक्षा प्रणालीलाई आत्मनिर्भर र जीवनोपयोगी बनाउने गरी सुधार आवश्यक रहेको बताउनु भएको छ ।

परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकामा एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले परम्परागत मूल्य र आदर्शलाई जोगाउँदै समयअनुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले संस्कृतिमा रहेका सकारात्मक पक्षहरूलाई संरक्षण गर्दै अन्धाधुन्ध परिवर्तन स्वीकार गर्न नहुने धारणा राख्नु भयो ।

उहाँले भन्न्ु भयो, ‘शैक्षिक क्षेत्रको सुधार गर्न आवश्यक नै छ । अहिले हामीलाई आत्मनिर्भर, जीवन उपयोगी शिक्षा चाहिएको छ । हाम्रा पुराना आदर्शहरुलाई जोगाएर राख्नुपर्छ । परम्परा तोड्ने नाममा जुत्तालाई टाउकोमा र टोपीलाई खुट्टामा लगाउने काम त पक्कै हामीले गर्नु हुँदैन ।’

केसीले लोकतान्त्रिक परम्परा र संवैधानिक अभ्यासको पालना अनिवार्य रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्यमान्यताभन्दा बाहिर जाने प्रवृत्ति निरंकुश हुने टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकारबारे टिप्पणी गर्दै लोकतान्त्रिक परम्पराभित्र रहेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
उहाँले भन्नु भयो, ‘कतिपय परिवर्तनहरु खासगरी लोकतान्त्रिक मान्यताका परम्पराहरु परिवर्तनशिल छैनन् । कि त व्यवस्था नै परिवर्तन हुनुपर्यो । अहिले परिवर्तित भएर आएको सरकार लोकतान्त्रिक परम्पराको संविधान भित्रको होइन । लोकतान्त्रिक परम्पराबाट बाहिर जानु निरकुंश प्रवृत्ति हो भन्ने लाग्छ । अहिले पनि प्रतिक्षामा छौं, हामी कुनै सरकारलाई असजिलो बनाउने पक्षमा पटक्कै छैनौं ।’

त्यस्तै, संसद र संसदीय अभ्यासबारे बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम पारित हुने प्रक्रियामा राष्ट्रिय सभाको भूमिका र संसदीय परम्पराको सम्मान गरिएको उल्लेख गर्नु भयो । प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर उठेका प्रश्नहरूबारे आफ्नो दलले गम्भीर रूपमा चासो राखेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘यदी सरकारलाई असजिलो बनाउन चाहेको भए राष्ट्रिय सभाबाटै नीति तथा कार्यक्रम फेल गर्न सक्थ्यौं होला । संसारभरको परम्परामा हुँदा पनि संसदमा प्रधानमन्त्री उपस्थिति नहुने कुरामा गम्भीर असहमति र गम्भिरतापूर्वक उठाएको कुरा हो । ’
नेता केसीले नेपाली कांग्रेस देशको हित, समृद्धि र रचनात्मक काममा सधैं सहयोग गर्न तयार रहेको तर लोकतान्त्रिक सिद्धान्त र स्थापित परम्परा कमजोर पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नु भयो, ‘कहिले पनि रचनात्मक काम, देशको हित हुने काम, समृद्धिका काममा नेपाली कांग्रेस प्रतिक्षा र धैर्यतापूर्वक सहयोग गर्न तयार छ । तर परम्परा तोड्ने काममा लोकतन्त्रका आधारभूत सिद्धान्तहरुलाई तोड्ने र विश्वव्यापी रुपबाट रहेका मान्यता तोड्ने, हाम्रा इतिहास परम्परा र गौरवहरुलाई तोड्ने काम नेपाली कांग्रेस स्वीकार्य गर्न सक्दैन र गर्दैन पनि ।’
सोही कार्यक्रमम कांग्रेसका सचेतक निश्कल राई, कांग्रेस नेता सबुज बाँनियालगायतले आफ्नो धारणा राखेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले