रास्वपा बाराको बैठकमा चर्को विवाद

आक्रोशित कार्यकर्ताद्वारा नेताहरूमाथि धक्का

रौतहट,९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा तीव्र विवाद र तनाव उत्पन्न भएको छ ।
विवादका क्रममा आक्रोशित कार्यकर्ताहरूले बैठक स्थलमा उपस्थित प्रतिनिधिसभा सदस्य (सांसद) तथा केन्द्रीय नेताहरूलाई धक्का दिन थालेपछि प्रहरीले कार्यक्रम स्थलबाट बाहिर निकालेको थियोे । शनिबार बाराको कलैयास्थित करणराज पार्टी प्यालेसमा रास्वपाको विस्तारित बैठक आयोजना गरिएको थियो । बैठकमा बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नं. २ का चन्दन सिंह, क्षेत्र नं. ३ का अरविन्द साह, क्षेत्र नं. ४ का रहबर अन्सारी तथा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीलगायतका केन्द्रीय नेताहरू सहभागी थिए ।

सहभागीहरूका अनुसार पार्टीका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षलाई दबाबमा पार्ने र बाइपास गर्ने प्रयास गरिएपछि विवाद सुरु भएको थियो ।भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै गएपछि आक्रोशित कार्यकर्ताहरूले नेताहरूविरुद्ध नाराबाजी गरेका थिए ।प्रहरी टोलीले आक्रोशित भीडबाट सांसद तथा केन्द्रीय नेताहरूलाई सुरक्षित रूपमा अर्को ठाउँमा पठाएको थियो ।

केही दिनअघि मात्रै रास्वपाले संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता समेत खारेज गरेपछि बारामा पार्टीभित्रको आन्तरिक विवाद निकै गहिरिएको थियो। सोही असन्तुष्टिको विष्फोट आजको बैठकमा भएको बुझिएको छ । हाल बैठक स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र कडा सुरक्षाका बीच कार्यक्रम पुनः सुचारु गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले