अनुसन्धान जारी

दिल्लीबाट चोरी भएको २ करोडभन्दा बढीको गहना र नगदसहित ३ जना पक्राउ

धनगढी,१० जेठ । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र अन्य गरगहना तथा नगद गरेर दुई करोड मुल्य बराबरको सम्पत्ती नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले बरामद् गरेको छ । तीन महिना अघि (फागुन १३ गते) भारतको दिल्ली स्थित राजेन्द्रनगरका संजयकुमार माखीजाको घरबाट करोडौंको धनसम्पति चोरी गरेर बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावत सहितको टोली फरार थियो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीका अनुसार संजयकुमार मखजीले नेपाल प्रहरीमा उजुरी गरेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो ।

सो क्रममा प्रहरीले उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र अछामको साँफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले बताउनु भयो । ‘लामो अनुसन्धानपछि उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेका हौं,’ शाहीले भन्नु भयो, ‘गरगहना र नगद उनीहरुले आफन्तको घरमा राखेका थिए । अहिले बरामद् गरेर उजुरीकर्तालाई बुझाएका छौं’, शाहीले जानकारी दिनु भयो । पक्राउ परेका तीन जनाबाट गरगहनासहित दुई करोड सात लाख बरामद गरिएको शाहीले बताउनु भयो ।

प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्ला प्रहरी कार्यालयसंग साझेदारी गरेर अनुसन्धान गरिएको थियो । हालसम्म हिरामोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा समेत गरी दुई करोड १० लाख भन्दा बढि मूल्य बराबरको सामान बरामद् गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डिआइजी ओमबहादुर रानाले जानकारी दिनु भयो ।

रानाका अनुसार तीन जनाबाट नेपाली रुपैयाँ एक करोड ३४ लाख पर्ने १२ वटा घडी, ४३ लाख ३३ हजार १४५ बराबरको विभिन्न सुनका गरगहना, १५ लाख ५६ हजार बराबरको हिरा र सुनका रिङ, दुई लाख १५ हजार ५३० का चाँदीका गरगहना तथा तीन लाख बराबरको सुन बरामद गरिएको छ । यस्तै, १२ लाख ९० हजार नेपाली रुपैयाँ समेत उनीहरुको साथबाट बरामद गरिएको रानाले जानकारी दिनु भयो । बरामद गरिएको नगद र विभिन्न देशका मुद्रा सम्बन्धीत व्यक्तिलाई बुझाइएको छ ।

मुख्य आरोपी अझै फरार
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार चोरीमा संलग्न मुख्य आरोपी भने अझै फरार छन् । हाल बरामद् गरिएको सम्पत्ति भन्दा अझै धेरै चोरीको सम्पत्ति ती व्यक्तिसँग हुने अनुमान प्रहरीले गरेको छ ।

‘हामी मुख्य आरोपीको खोजी गरिरहेका छौं,’ प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीले भन्नु भयो, ‘अनुसन्धान जारी रहेको छ, सायद छिट्टै ती व्यक्ति पनि समातिन सक्छन् ।’ मुख्य आरोपी भनिएका व्यक्तिको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न

काठमाडौं १७ असार ।  नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब

झापामा मकै उत्पादनमा ठूलो गिरावट

झापा, १६ असार । धानपछि दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैको उत्पादनमा यस वर्ष झापामा ठूलो ह्रास आएको छ। विगत तीन वर्षको तुलनामा यस

राष्ट्रपतिद्धारा रोटरी को तारिफ

काठमाडौं,१७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ ।

दलहरु संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं,१७ असार । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको

सरकारको हस्तक्षेपले एन्फा प्रतिबन्धमा पर्यो :ओली

काठमाडौं,१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम

मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

काठमाडौं, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री