रामेछापको उमाकुण्डमा मध्यमार्गी सडक स्तरोन्नति तीव्र

रामेछाप,११ जेठ । रामेछापको उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका सबै वडालाई जोड्ने मध्यमार्गी सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अघि बढाएका छ । जिल्लाको सबैभन्दा दुर्गम हिमालसँग जोडिएको सो गाउँपालिका ७ वटै वडालाई गाउँपालिकाको केन्द्रसम्म जोड्ने ७५ किलोमिटर लामो सो सडकको ट्र्याक खोलेपछि गाउँपालिकाले स्तरोन्नतिको काम सुरु गरेको छ ।

गाउँपालिकाका सवइञ्जिनियर गजेन्द्र कार्कीका अनुसार यस वर्ष सडकको स्तरोन्नति कार्यक्रम अन्तर्गत सडक सोलिङ, ढलान, कटिङ, नाला निर्माण, डस्ट राखेर पेल्नेलगायतका काम भइरहेका छन् । एरोन पिआर जेभीले २ करोड ५० लाख रुपैँयाको ठेक्कामा सो काम गरिरहेको छ । गाउँपालिकाको केन्द्र रहेको वडाबाट नै सडकलाई स्तरोन्नति गर्दै लैजाने योजना अनुसार गाउँपालिको केन्द्रबाट वडा नं १ तथा वडा नं ७ दुवैतर्फ स्तरोन्नतिको काम भइरहेको छ ।

निर्माण कम्पनीले ठेक्का कबोल गरेका कामको ७५ प्रतिशत भन्दा बढी काम गरिसकेको र बाँकी काम पनि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने उहाँले बताउनु भयो । ‘सबै वडामा अत्यावश्यक ठाउँमा सुधारको काम भइरहेको छ, धेरै काम भने वडा नं ४, ५ र ३ मा भइरहेको छ’, कार्कीले भन्नु भयो । सडक गाउँपालिकाको मेरुदण्डको रूपमा रहेकाले गौरवको योजनाको रूपमा राखिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनु भयो ।

सडक नहुने हो भने सर्वसाधारणलाई गाउँपालिका आउनै दिनभरि लाग्ने अवस्था रहेकाले पनि सडकलाई प्राथमिकतामा राखिएको सुनुवारले बताउनु भयो । निर्माण भएको सडकको स्थलगत अनुगमन र नापजाँचको काम भइरहेको गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले बताउनु भयो । वडा नं १ र २ मा भएको कामको स्थलगत अनुगमन तथा नाप जाँचको काम सम्पन्न गरिएको उहाँले जनकारी दिइनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले