नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट), सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र शैक्षिक प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजातहरू डिजिटल र व्यवस्थित प्रणालीमार्फत सिधै सेवाग्राहीको घरसम्म पु¥याउने कार्यलाई तीव्र बनाएको छ।प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले जानकारी दिइनु भयो।
“तल्लो तह सम्मै संयन्त्र परिचालन गरेर सेवा विस्तार गरिरहेका छौँ। नागरिकले सरकारी कागजात लिन कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ,” उहाँले भन्नु भयो।राहदानी र लाइसेन्स वितरणको अवस्थाविभागका अनुसार यो कार्यक्रम सुरु भएयता सरकारी कागजात ढुवानी र वितरणमा उल्लेख्य प्रगति भएको छःराहदानी (पासपोर्ट)ः हालसम्म २८ हजार १६९ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ।

तीमध्ये १,६३५ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ। जिल्ला प्रशासन कार्यालयहरूमा राहदानी आवेदन दिने क्रममै सेवाग्राहीको ठेगाना सङ्कलन गर्न थालिएकाले वितरण प्रक्रिया थप सहज बनेको छ।सवारी चालक अनुमतिपत्र (लाइसेन्स)ः यही जेठ ८ गतेसम्ममा ४ लाख ७० हजार ८८१ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयहरूमा पठाइएको छ भने ६७१ वटा लाइसेन्स सिधै सेवाग्राहीको घरमै पु¥याइएको छ।शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रसँग सहकार्यसरकारी कागजात वितरणमा मात्र सीमित नरही हुलाक विभागले अन्य सेवामूलक क्षेत्रमा पनि आफ्नो दायरा फराकिलो बनाउँदै लगेको छःक्षेत्र÷संस्थासहयोग र प्रगति विवरणशैक्षिक प्रमाणपत्र हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासुर्खेत, बाँके र काठमाडौँबाट ४८८ वटा प्रयोगशाला नमूना ढुवानी भइसकेको।मध्यपश्चिम विश्वविद्यालय प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु।नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रमाणपत्र ढुवानीबारे छलफल जारी।नेपाल टेलिकमसिमकार्ड र अन्य वितरण सामग्री हुलाकमार्फत घरमै पु¥याउने सेवाको तयारी र छलफल।स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रडाँक ढुवानीसम्बन्धी सम्झौताको प्रारम्भिक मस्यौदा तयार।यसका साथै विभागले अब निजी क्षेत्रका सामग्रीहरू समेत ढुवानी गर्ने विषयमा छलफल अघि बढाएको जनाएको छ।
अन्तर्राष्ट्रिय पहुँच र प्रणालीगत सुधार अन्तर्राष्ट्रिय कुरियर सेवातर्फ पनि उल्लेख्य प्रगति देखिएको विभागको दाबी छ। हवाई सेवा प्रदायक कम्पनीहरूसँग छलफल गरी थप देशहरूसँग हुलाक पहुँच विस्तार गर्ने तयारी भइरहेको महानिर्देशक भट्टराईले बताउनु भयो। सीमित स्रोतसाधनका बाबजुद सेवा प्रणालीमा स्तरोन्नति गर्ने काम भइरहेको उनको भनाइ छ।प्रणालीगत सुधार अन्तर्गत हाल निम्नलिखित कार्यहरू अगाडि बढाइएका छन।

१. प्रणाली अन्तरआबद्धताः राहदानी विभागसँग प्रणाली अन्तरआबद्धता गर्न अध्ययन समिति गठन गरिएको छ।

२. प्रणाली एकीकरणः महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणका लागि पहल भइरहेको छ।

३. पोस्टल कोड स्तरोन्नतिः ’पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम’ (पिट्स) मा पोस्टल कोड स्तरोन्नति गर्ने कार्य अघि बढाइएको छ।चुनौती र सम्भावनाःसरकारले परम्परागत हुलाक सेवाको स्वरूप परिवर्तन गर्दै त्यसलाई आधुनिक सरकारी सेवा वितरण प्रणालीका रूपमा रूपान्तरण गर्न खोजिरहेको भए पनि यो सेवा अझै प्रारम्भिक चरणमै छ।
अधिकांश जिल्लामा सेवा पूर्ण रूपमा प्रभावकारी हुन बाँकी रहेकाले वितरणको गति, पारदर्शिता र विश्वसनीयतामा थप सुधार आवश्यक देखिन्छ। यद्यपि, नागरिकलाई सरकारी सेवा घरमै पु¥याउने यो अवधारणाले नेपालको प्रशासनिक पहुँचलाई थप सहज र आधुनिक बनाउने बलियो सङ्केत गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले