समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा होल्डिङ सेन्टर सम्बन्धी समितिले गरेको स्थलगत अवलोकन प्रतिवेदनमाथि छलफल गरिएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कतिपय मन्त्रालयको प्रत्यक्ष कार्यक्षेत्रभन्दा बाहिरका विषयसमेत आउने गरेको बताउनु भयो।
त्यस्ता विषय सम्बन्धित मन्त्रालय वा निकायमा पठाउने गरिएको उल्लेख गर्दै उहाँले शाखा तथा महाशाखामा तोकिएको समयभित्र काम सम्पन्न भए नभएको नियमित अनुगमन भइरहेको जानकारी दिनु भयो।

उहाँले भन्नु भयो, ‘यस मन्त्रालयमा कतिपय सम्बन्धित मन्त्रालयले गर्न नहुने विषयवस्तुहरु पनि आउँछन् । प्रत्यक्ष गर्न नमिल्ने प्रकृतिका कामहरु पनि आउँछन् । त्यस्तो आएमा सम्बन्धित मन्त्रालय र निकायमा यस्तो आएको छ भनेर फरवार्ड गरिदिने काम पनि गर्छौं । शाखा महाशाखामा तोकिएको समयभित्र काम सम्पन्न भए नभएको निगरानी गर्ने गर्छौं । ढिलाई भएको कामको कारण पहिचान गरी नियमित रुपमा व्रिफिङहरु भइरहेका छन् ।’
मन्त्री गौतमले मन्त्रालयको कार्यसम्पादनलाई छिटो, उत्तरदायी र पारदर्शी बनाउन ‘फास्ट ट्र्याक डेस्क’ स्थापना गरिएको बताउनु भयो। साथै, पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उहाँले २०८१ चैत २५ गते उच्चस्तरीय कार्यदल गठन गरिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नु भयो,‘मन्त्रालयको कार्य सम्पादनलाई छिटो, उत्तरदायी र पारदर्शी बनाउने उदेश्य राखेर ‘फास्ट ट्र्याक डेस्क’ बनाएको हो । पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अब अगाडि बढिसकेको छ ।’
उहाँका अनुसार मुलुकमा भौतिक पूर्वाधार निर्माणका काम वर्षौंदेखि ढिलाइ हुँदै आएको र त्यसका अवरोध पहिचान गरी समाधान खोज्न कार्यदल गठन गरिएको हो
मन्त्री गौतमले पूर्वाधार आयोजना सम्बन्धी विवाद तथा मुद्दाको छिटो, प्रभावकारी र विशेषज्ञतापूर्ण समाधानका लागि पूर्वाधार न्यायाधिकरण गठन आवश्यक रहेको निष्कर्ष कार्यदलले निकालेको बताउनु भयो । कार्यदलको सुझावअनुसार न्यायाधिकरण गठनसम्बन्धी कानुन तर्जुमा प्रक्रिया सुरु भइसकेको जानकारी पनि उहाँले दिनुभयो ।
उहाँले भन्नु भयो, ‘पूर्वाधार आयोजना सम्बन्धि विवाद तथा मुद्दा मामिलालाई छिटो, छरितो, प्रभावकारी र विशेषज्ञतापूर्वक रुपमा समाधान गर्न पूर्वाधार न्यायाधिकरणको गठन सम्बन्धि कानुनी व्यवस्था आवश्यक देखिएको भन्ने कुराको निष्कर्ष आयो । कार्यदलले पूर्वाधार न्यायाधिकरणको गठनको सुझाव दिएपछि पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धि कानुन तर्जुमाको प्रक्रियामा रहेको छ । कानुन मन्त्रालयले अब सुरु गरिसकेको छ । ’

उहाँले कार्यदलको सुझावअनुसार केही ऐन, कानुन तथा नियमावली संशोधन गर्नुपर्ने विषयसमेत औंल्याइएको र ती सम्बन्धित निकायमा पठाइसकिएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘कार्यदलको सुझाव अनुरुप कतिपय ऐन कानुनहरुमा नियमावलीहरुमा पनि संशोधन गर्नुपर्ने कुराहरु सुझावको रुपमा आएका छन् । जसमा हामीले सम्बन्धित निकायहरुमा पठाइसकेका छौं । उच्च स्तरीय कार्यदलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई संयोजक बनाएका थियौं ।’
उच्चस्तरीय कार्यदलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई संयोजक बनाइएको उहाँले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले