मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा मात्र प्रभावित भएको छैन । स्थानीय बासिन्दाको दैनिक जीवन र सुरक्षासमेत उच्च जोखिममा परेको छ । वर्षौंदेखि विस्तार हुँदै गएको यो गम्भीर समस्याको वास्तविक प्राविधिक कारण अझै पत्ता लाग्न नसक्दा सरोकारवाला र स्थानीयमा चिन्ता थप गहिरिएको छ ।

स्थानीय बासिन्दाका अनुसार यो क्षेत्रमा सडक धसिने समस्या २०७२ सालको विनाशकारी भूकम्पपछि सुरु भएको हो । सुरुका वर्षहरूमा सामान्य चिरा र हल्का खाल्डो मात्र देखिएको सडक अहिले भने ठाउँ–ठाउँमा गहिरो गरी भासिएको छ।
हिउँदमा जसोतसो सवारी गुड्ने गरे पनि वर्षायाम सुरु भएपछि यो खण्ड भयावह बन्ने गरेको छ । स्थानीय राजेन्द्र चौहान भन्नु हुन्छ, ‘पहिले यहाँ यस्तो समस्या कहिल्यै थिएन। भूकम्पपछि जमिन भित्रभित्रै कमजोर बन्दै गएको आभास हुन्छ । अहिले त कतिपय ठाउँमा पैदल हिँड्न पनि डर लाग्ने भइसकेको छ ।’

सडक भासिनुको मुख्य कारणबारे स्थानीय स्तरमा सबैभन्दा बढी प्रश्न तत्कालीन पुवाखोला जलविद्युत आयोजना र हालको पुवाखोला जलबिधुत केन्द्रको सुरुङ माथि उठिरहेको छ । पुवाखोलाको पानी माईखोलातर्फ मोडेर करिब ३ किलोमीटर सुरुङ मार्फत पानी ल्याएर उत्पादन गरिएको ६.२ मेगावाट क्षमताको यो आयोजना २०५७ सालदेखि सञ्चालनमा छ ।
“सुरुङ बनेपछि जमिनभित्रको पानीको प्राकृतिक बहाव परिवर्तन भयो,’ स्थानीय राजेन्द्र चौहानले दाबी गर्नु भयो, ‘आयोजनाको हेडट्यांक मुनिको भू–भाग र हाम्रो खेतबारी वरिपरि पानीका नयाँ मुहानहरू उम्रिन थालेको त्यही बेलादेखि हो। सुरुङबाट पानी ‘सिपेज’ (चुहावट) भएकै कारण जमिन कमजोर भएको हाम्रो अनुमान छ ।‘यद्यपि, स्थानीयको यो दाबीलाई प्राविधिक रूपमा पुष्टि गर्ने कुनै आधिकारिक वा वैज्ञानिक अध्ययन भने हालसम्म हुन सकेको छैन।

बढ्दो नागरिक दबाब र विवादका बीच शनिबार जिल्ला प्रसाशन कार्यालय इलामको अगुवाईमा सडक डिभिजन कार्यालय इलाम, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय ,सन्चारकर्मी र पुवाखोला जलविद्युत केन्द्रको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा जलविद्युतको सुरुङभित्र केही स्थानबाट सामान्य रूपमा पानी चुहिएको (सिपेज) अवस्था फेला परेको छ। तर, यो चुहावट नै सडक भासिनुको मुख्य र एकमात्र कारण हो भनिहाल्ने अवस्था नरहेको अनुगमनमा सहभागी रहेकाहरुको भनाई छ ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार, ‘हेडट्यांक देखि करिब २५० मिटर क्षेत्रभित्र सुरुङ मर्मत गर्नुपर्ने आवश्यकता त देखिएको छ। तर सडक भासिनुमा यसको प्रत्यक्ष भूमिका कति छ भन्ने कुरा विस्तृत प्राविधिक अध्ययनबिना पुष्टि गर्न सकिँदैन।’
पुवाखोला जलविद्युत केन्द्रका प्रमुख पिताम्बर भुसालले भू–गर्भीय समस्या जटिल हुने भएकाले तत्कालै कसैलाई दोष दिन नमिल्ने बताउनु भयो। ‘यो प्रारम्भिक अनुगमन मात्र हो। सुरुङमा केही प्राविधिक मर्मत गर्नुपर्ने देखिए पनि यसैका कारण राजमार्ग प्रभावित भएको हो भन्न वैज्ञानिक आधार चाहिन्छ,’ उहाँले स्पष्ट पार्नु भयो, ‘हामी माथिल्लो निकायसँग समन्वय गरेर छिट्टै विज्ञ टोली ल्याउने तयारीमा छौं।’
जानकारका अनुसार पहाडी भेगमा सडक भासिनुमा कुनै एउटा मात्र कारक जिम्मेवार हुँदैन। यसमाः
भौगोलिक तथा भूगर्भीय संवेदनशीलता (कमजोर माटो र ढुङ्गाको बनावट)
२०७२ सालको भूकम्पको पराकम्पनको असर
भूमिगत पानीको बहावमा आएको परिवर्तन

मानव निर्मित संरचना (सडक निर्माण र सुरुङ) को सामूहिक प्रभाव हुन सक्छ। माईखोला राजदुवाली देखि भञ्ज्याङ् सम्मको क्षेत्रको माटो पानीसँग छिट्टै प्रतिक्रिया गर्ने प्रकृतिको भएकाले यहाँ सानो आन्तरिक परिवर्तनले पनि सतहमा ठूलो असर देखाउने प्राविधिकहरूको भनाइ छ।

दैनिक सयौँको संख्यामा सवारी साधन गुड्ने मेची राजमार्गको यो खण्डमा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भय यात्रु र चालकहरूमा छ। स्थानीयले यहाँ समस्या के हो भनेर वर्षौंदेखि बहस र भाषण मात्र भइरहेको तर हामीलाई तत्कालको जोखिमबाट मुक्ति र ठोस समाधान कहिले मिल्छ, कसैले भन्न किन सक्दैन भन्दै गुनासो गर्दै आएका छन ।

अहिलेसम्मको अवस्थालाई हेर्दा सामान्य टालटुल वा मर्मतले मात्र यो सडक टिकाइराख्न सम्भव देखिँदैन। मेची राजमार्गको यो खण्ड अहिले एउटा पेचिलो प्रश्नको केन्द्र बनेको छ—के यो विशुद्ध प्राकृतिक विपत्ति हो, या मानव–निर्मित संरचनाको अदूरदर्शिताको परिणाम? प्रकृति, प्रविधि वा मानवीय त्रुटि—कारण जे भए पनि राज्यका जिम्मेवार निकायले समयमै सही निष्कर्ष र प्रभावकारी कदम नचाले मेची राजमार्गको यो खण्ड भविष्यमा पूर्ण रूपमा अवरुद्ध भई पूर्वी पहाडकै अर्थतन्त्र र जनजीवन ठप्प हुने निश्चित छ। नागरिकको नजर अब हुने भनिएको उच्चस्तरीय प्राविधिक अध्ययन र त्यसको प्रतिवेदनतर्फ सोझिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले