सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ निर्णयको हो।
बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको छ। जसअन्तर्गत मोटा धानको प्रति क्विन्टल ३,६६० रुपैयाँ र मध्यम धानको प्रति क्विन्टल ३,८६० रुपैयाँ तोकिएको छ।
यसैगरी बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने र नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ।









