कनकाई फोहोर व्यवस्थापन आयोजनामा भ्रष्टाचार भएको राप्रपा सांसद ओलीको दाबी

काठमाडौं,१२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराउनु भएको छ्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले करोडौंको लगानीमा निर्माण गरिएको उक्त परियोजना अहिले कबाडीखानामा परिणत भएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ्।
सांसद ओलीका अनुसार कनकाई नगरपालिका–२ मा ’कनकाई वीरता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर महिला व्यवस्थापन कम्पनी लिमिटेड’ को नाममा उक्त प्रोजेक्ट निर्माण गरिएको थियो।

तिनै वटा नगरपालिकाको आर्थिक सहभागिता, वल्र्ड बैंक र वैकल्पिक ऊर्जाको सहयोगमा ७४५ जना उपभोक्ताले समेत लगानी गरेको सो आयोजनामा २१ करोड भन्दा बढी लगानी भइसकेको छ।
यद्यपि, सो परियोजनाले दिनको ४०० रूपैयाँ बराबरको बायोग्यास समेत उत्पादन गर्न नसकेको उनले दाबी गरिन्। ‘व्यापक रूपमा भ्रष्टाचार भएको छ, परियोजनाका मेशिनरी र सामानहरू चोरी भएका छन्,’ उहाँले भन्नु भयो।
सांसद ओलीले सानका खोलाको छेउमा फिजिबिलिटी स्टडी (सम्भाव्यता अध्ययन) नै नगरी यो परियोजना बनाइएको आरोप लगाएकी छिन्। अध्ययनबिना नै निर्माण गरिएको उक्त परियोजनाको वर्तमान दुरवस्थाले ठूलो अनियमितता भएको पुष्टि हुने उहाँको तर्क छ।

सांसद ओलीले तत्काल यस घटनामा सरकारको ध्यानाकर्षण गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत यस विषयमा गम्भीर छानबिन गर्न आग्रह गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले