कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ का सन्तोष राईको गत वैशाख २२ गते कम्बोडियामा निधन भएको जानकारी दिनु भयो । मृत्यु भएको २१ दिन बितिसक्दा पनि मृतकको पार्थिव शरीर अझै नेपाल ल्याउन नसकिएको भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नु भयो ।

सांसद तामाङले सरकारसँग जोडदार माग गर्दै भन्नु भयो, ‘सम्माननीय सभामुख मार्फत म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । स्वर्गीय सन्तोष राईको पार्थिव शरीर तत्काल नेपाल ल्याई परिवारलाई जिम्मा लगाउने आवश्यक व्यवस्था मिलाइयोस् ।’
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नागरिकको शव स्वदेश ल्याउन ढिलाइ हुनुले पीडित परिवारमा थप पीडा थपेको भन्दै उनले सरकारलाई यस विषयमा संवेदनशील हुन आग्रह गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराउनु

कनकाई फोहोर व्यवस्थापन आयोजनामा भ्रष्टाचार भएको राप्रपा सांसद ओलीको दाबी

काठमाडौं,१२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराउनु भएको छ्। मंगलबार बसेको प्रतिनिधिसभाको

तमिलनाडुका किसानलाई ठूलो राहत

भारत,१२ जेठ। तमिलनाडुका नवनियुक्त मुख्यमन्त्री तथा चर्चित अभिनेता जोसेफ विजयले किसानहरूको हितमा एउटा ऐतिहासिक र साहसिक कदम चाल्नु भएको छ । सरकारले राज्यका लाखौँ किसानहरूलाई