देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता रहेको बताउनु भएको छ। अर्थ बजार डटकमद्वारा मंगलबार आयोजित आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दाु विषयक अन्तर्किया कार्यक्रममा उहाँले यस्तो बताउनु भयो।

अर्थतन्त्र र व्यवसायबीच स्पष्ट नीतिगत बुझाइ नहुँदा उद्योग तथा व्यवसायीहरू निरन्तर दबाबमा परेको उहाँको भनाइ थियो। उहाँले सरकारहरूले उद्योग र व्यवसायको वास्तविक योगदान बुझ्न नसकेको टिप्पणी गर्दै अनुगमन तथा कर नीतिहरूले प्रोत्साहनभन्दा बढी दबाब सिर्जना गरेको दाबी गर्नु भयो। धमलाका अनुसार उद्योग सञ्चालनका क्रममा अनुगमन, कर तथा नीतिगत परिवर्तन बारम्बार भइरहँदा व्यवसायिक वातावरण अस्थिर बनेको छ। उहाँले कर नीति र सहुलियतहरू वर्षैपिच्छे परिवर्तन हुने भएकाले दीर्घकालीन योजना बनाउन कठिन भएको बताउनु भयो।

‘कम्तीमा ५ देखि १० वर्षसम्म स्थिर कर नीति आवश्यक छ,’ भन्दै उहाँले लगानीकर्ताले निश्चित नीति बिना उद्योग विस्तार गर्न नसक्ने अवस्था रहेको औंल्याउनु भयो। उद्योग सञ्चालनका लागि दीर्घकालीन, स्थिर ब्याजदरमा कर्जा प्रवाह हुनुपर्नेमा उहाँले जोड दिनु भयो। आवासीय घरजग्गा कर्जाको तुलनामा औद्योगिक कर्जा सहज र दीर्घ अवधिको हुन नसकेको भन्दै उहाँले असन्तुष्टि जनाउनु भयो। उहाँका अनुसार उद्योग सञ्चालनका लागि २५–३० वर्षसम्मको स्थिर कर्जा नीति र न्यून ब्याजदर आवश्यक छ, जसले मात्र उत्पादन क्षेत्रलाई प्रतिस्पर्धी बनाउन सक्छ।

धमलाले नेपालका उद्योगहरू विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिनाइमा परेको उल्लेख गर्दै सरकारलाई आन्तरिक उत्पादनमा आधारित उद्योगलाई विशेष संरक्षण नीति दिन आग्रह गर्नु भयो। उहाँले कच्चा पदार्थमा आधारित उद्योगलाई कर सहुलियत, ऊर्जा सुविधा र लगानीमैत्री नीति आवश्यक रहेको बताउनु भयो।उहाँले डेरी क्षेत्रमा सञ्चालन गरिएको ‘मोही अभियान’ को उल्लेख गर्दै स्थानीय उत्पादन खपत बढाउने प्रयास सफल भएको बताउनु भयो। होटल तथा पार्टी प्यालेसहरूमा मोही उपलब्ध गराउने अभियानले करिब ८० प्रतिशत सफलता हासिल गरेको उहाँको दाबी छ।

उहाँका अनुसार यसले स्थानीय डेरी उत्पादनको बजार विस्तारमा सहयोग पुगेको छ भने आन्तरिक उपभोग संस्कृतिलाई पनि प्रोत्साहन गरेको छ। उपाध्यक्ष धमलाले आन्तरिक उत्पादन प्रयोग गर्नुपर्ने संस्कृतिको विकास आवश्यक रहेको बताउनु भयो। उहाँले बाहिरी वस्तुमा निर्भरता बढ्दा देशको अर्थतन्त्र बाहिरिने जोखिम रहने चेतावनी दिनु भयो। उहाँले सरकारले प्रतिस्पर्धी उत्पादन गर्ने उद्योगलाई विशेष रूपमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नीति स्थायित्व र संरक्षणमुखी दृष्टिकोण अपनाउन आग्रह गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।

कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराउनु