देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि फलफूलसम्म बादरले नष्ट गरिदिँदा कृषकहरू चरम निराशामा छन्। कतिपय क्षेत्रमा त बादरकै कारण किसानहरूले खेतीपाती नै छोडेर जमिन बाझो राख्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। स्थानीय तहदेखि केन्द्र सरकारसम्म बादर नियन्त्रणका विभिन्न उपायबारे निरन्तर छलफल र प्रयोग भइरहे पनि यो समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन। वास्तवमा, बादर नियन्त्रणको सबैभन्दा प्रभावकारी र स्थायी उपाय भनेको जंगलभित्रै प्राकृतिक आहाराको सुनिश्चितता गर्नु अर्थात् फलफूलका रुख–विरुवाको संरक्षण र व्यापक वृक्षारोपण गर्नु हो।

मानिसले जंगलको जटिल जैविक प्रणाली र वन्यजन्तुको प्राकृतिक जीवनशैलीलाई सही ढंगले बुझ्न नसक्दा आज यो संकट आइलागेको हो। विगतमा हाम्रा जंगलहरूमा प्रशस्त मात्रामा सुखवा, बर, पीपल, काफल, चुत्रो, अमला, जामुन, बाँस, डुम्री लगायतका रैथाने जंगली फलफूलका रुखहरू हुन्थे। ती रुखहरूले बादर, चराचुरुङ्गी तथा अन्य वन्यजन्तुलाई पर्याप्त प्राकृतिक आहारा उपलब्ध गराउँथे।

तर, पछिल्लो समय तीव्र वन फँडानी, अव्यवस्थित विकास निर्माण, डढेलो र बढ्दो मानवीय हस्तक्षेपका कारण जंगलभित्रका यस्ता फलदायी रुखहरू व्यापक रूपमा मासिएका छन्। प्राकृतिक बासस्थानमा आहाराको चरम अभाव भएपछि नै बादरहरू आफ्नो पेट पाल्नका लागि मानव बस्ती र खेतीपाती भएको क्षेत्रमा प्रवेश गर्न बाध्य भएका हुन्।

 

आज जंगलमा सुखवा (साल) को एउटा रुख काट्न जति कानुनी जटिलता छ, वन्यजन्तुको आहारा बन्ने जंगली फलफूलका रुखहरू जोगाउन त्योभन्दा अझ कडा कानुन बनाउनु आवश्यक भइसकेको छ। वन क्षेत्रमा रहेका प्राकृतिक आहाराका रुखहरू काट्न पूर्ण प्रतिबन्ध लगाइनुपर्छ।

यसका साथै, राज्यले अब राष्ट्रिय अभियानकै रूपमा जंगलभित्र फलफूल तथा वन्यजन्तु उपयोगी बिरुवा रोप्ने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ। प्रत्येक सामुदायिक वनले आफ्नो कुल वन क्षेत्रको निश्चित हिस्सा वन्यजन्तुको आहाराका लागि मात्र छुट्ट्याएर त्यहाँ योजनाबद्ध वृक्षारोपण गर्ने हो भने यो समस्या धेरै हदसम्म स्वतः समाधान हुन सक्छ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व चुलिनुको अर्को मुख्य कारण जंगलमा बढ्दो अत्यधिक मानवीय गतिविधि पनि हो। जंगलका हरेक कुना-कन्दरामा मानिसको सहज पहुँच, काठ कटानी, अनियन्त्रित चरिचरन र जथाभाबी सडक विस्तारले वन्यजन्तुको प्राकृतिक बासस्थान र शान्ति खल्बलाएको छ। यदि जंगलको निश्चित संवेदनशील क्षेत्रलाई पूर्ण रूपमा “मानव प्रवेश निषेध क्षेत्र” घोषणा गरेर संरक्षण गर्ने हो भने, वन्यजन्तुहरू मानव बस्तीतिर नझरी जंगलमै सुरक्षित र सहज रूपमा बस्न सक्छन्।

फलफूल तथा कन्दमूल खाने साना जनावरहरू जंगलबाट विस्थापित भएपछि त्यसको प्रत्यक्ष असर पूरै पर्यावरणीय चक्रमा पर्छ। बादर र चराचुरुङ्गी मात्र होइन, उनीहरूलाई सिकार गरेर बाँच्ने बाघ, चितुवा र भालुजस्ता मांसाहारी वन्यजन्तुसमेत आहाराको खोजीमा गाउँघरतिर झर्न थालेका छन्। यसले मानव–वन्यजन्तु द्वन्द्वलाई अझ बढी भयावह र प्रत्युत्पादक बनाउँदै लगेको छ।

त्यसैले, बादर नियन्त्रणलाई केवल लखेट्ने, थुन्ने वा मार्ने जस्ता सतही र क्रूर उपायका रूपमा मात्र हेर्नु गम्भीर भुल हुनेछ। यो समस्या विशुद्ध रूपमा प्रकृति, पर्यावरण र जैविक सन्तुलनसँग जोडिएको विषय हो।

वनलाई केवल ‘काठ वा दाउरा’ उत्पादन गर्ने व्यवसायिक थलोका रूपमा मात्र होइन, सम्पूर्ण जीवजन्तुको साझा घरका रूपमा आत्मसात् गर्ने। जंगलभित्र फलफूलका बिरुवा रोप्ने, जैविक विविधताको रक्षा गर्ने र वन्यजन्तुको प्राकृतिक आहारा प्रणालीलाई पुनर्जीवित गर्ने हो भने बादर आतंक मात्र होइन, समग्र मानव–वन्यजन्तु द्वन्द्वको एउटा ठूलो हिस्सा स्थायी रूपमा समाधान हुनेछ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट

गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको