दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

रौतहट,१२ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनु भएको छ। अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले प्रसाईँलाई साधारण तारेखमा छाडेर मुद्दाको पूर्पक्ष गर्न दिने आदेश जारी गरेको हो । अदालतको यो निर्णयसँगै उनले अब जेलबाहिरै रहेर कानुनी लडाइँ लड्न पाउने हुनु भएको छ।

 

पर्सा जिल्ला अदालतका न्यायाधीश रेग्मीको इजलासले प्रसाईँलाई थुनामा राखिरहनु नपर्ने ठहर गरेको हो । अदालत स्रोतका अनुसार, मुद्दाको अन्तिम किनारा नलागेसम्म उहाँलाई तारेखमा राख्दै कानुनी प्रक्रिया अगाडि बढाउन आदेश दिइएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले अदालतको औपचारिक आदेश प्राप्त भएपछि प्रसाईँलाई साधारण तारेखमा रिहा गरिएको पुष्टि गर्नु भयो । मंगलबार अदालतमा सरकारी वकिल र प्रसाईँका कानुन व्यवसायीहरूबीच निकै बेर थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सुनेपछि अदालतले प्रसाईँलाई न्यायिक हिरासतमा राखिरहन आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।
प्रहरीले दुर्गा प्रसाईँलाई गत मंगलबार वीरगन्जबाट पक्राउ गरेको थियो । उहाँविरुद्ध दुईवटा गम्भीर मुद्दा दर्ता गरिएको थियो ।

 

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत भ्रम फैलाएको र साइबर अपराध गरेको आरोपमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूर र राज्यको शान्ति सुरक्षा र प्रणालीलाई खलल पुर्याउने खालका गतिविधि तथा अभिव्यक्ति दिएको आरोपमा राज्यविरुद्धको कसूर का मुद्दा दर्ता गरिएका थिए ।

 

यिनै मुद्दाहरूमा अनुसन्धान गर्न प्रहरीले उहाँलाई हिरासतमा राखेर कानुनी कारबाही अगाडि बढाएको थियो । पछिल्लो समय मेडिकल व्यवसाय भन्दा बढी आफ्नो राजनीतिक तथा सामाजिक अभियानका कारण प्रसाईँ चर्चामा हुनुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले