नेपालीलाई श्रीलङ्काको पर्यटक भिसा निःशुल्क

काठमाडौं,१३ जेठ । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन – ईटीए) को व्यवस्था गरिएको जानकारी दिएको छ । श्रीलङ्का सरकारले नेपालसहित विश्वका ४० देशका नागरिकहरूलाई लक्षित गर्दै यो नयाँ सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । दूतावासद्वारा जारी विज्ञप्ति अनुसार यो व्यवस्था २०२६ मे २५ देखि लागू भइसकेको छ ।

 

यस नयाँ प्रावधानअन्तर्गत पर्यटन प्रयोजनका लागि श्रीलङ्का भ्रमण गर्न चाहने नेपालीहरूले ३० दिनको दुई पटक प्रवेश गर्न मिल्ने पर्यटक भिसा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसअघि यस्तो भिसाका लागि निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था थियो । यस कदमले दुई देशबीचको पर्यटकीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

 

श्रीलङ्का भ्रमण गर्ने यात्रुहरूले त्यसतर्फ प्रस्थान गर्नुअघि नै श्रीलंका इमिग्रेसनको आधिकारिक वेबसाइट मार्फत वा काठमाडौंस्थित श्रीलङ्काली दूतावासमा सम्पर्क गरेर अनिवार्य रूपमा ईटीए प्राप्त गर्नुपर्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किन हुन्छ महिनावारीमा असह्य पीडा? जान्नुहोस् यसको पछाडिको प्राकृतिक र वैज्ञानिक कारण

महिनावारीको समयमा धेरैजसो महिलाहरूले पेटको तल्लो भाग, ढाड र तिघ्रामा कडा दुखाइ अनुभव गर्छन्। कतिपयका लागि यो दुखाइ सामान्य हुन्छ भने कतिपयका लागि यो यति

प्रधानमन्त्री नआए आफूलाई सदनबाट निष्कासन गर्न हर्क साम्पाङको चुनौती

काठमाडौं,१३ जेठ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गर्नु भएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै

कर्णाली प्रदेश मन्त्री परिषद् बैठकका निर्णय

सुर्खेत,१३ । कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ निर्णयहरु गरेको छ । कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (चौथों संशोधन) नियमावली,

नेपालीलाई श्रीलङ्काको पर्यटक भिसा निःशुल्क

काठमाडौं,१३ जेठ । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन – ईटीए) को व्यवस्था गरिएको जानकारी दिएको छ ।

सगरमाथा क्षेत्रको जैविक विविधता जोगाउन राष्ट्रपतिको आग्रह

काठमाडौं,१३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ । राष्ट्रपति पौडेलले विश्वका

स्वच्छ मासुका लागि सरकारको कडा नियम

काठमाडौं,१३ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशकौँ पुरानो पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन विधेयकको मस्यौदा तयार