प्रधानमन्त्री नआए आफूलाई सदनबाट निष्कासन गर्न हर्क साम्पाङको चुनौती

काठमाडौं,१३ जेठ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गर्नु भएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गर्नु भयो। उहाँले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गर्नु भएको छ ।

साम्पाङले सभामुखले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके नियमावलीको ३१ को १ प्रयोग गरेर आफूलाई बैठकबाट निष्कासन गर्न आदेश दिन आग्रह गर्नु भएको छ। उहाँले भन्नु भयो, ‘धेरै दिनदेखि हामीले प्रधानमन्त्री ज्युको उपस्थिती माग गर्दै आइरहेका छौं । नियम १५ को २ अनुसार सभामुख ज्युले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भैइरहेको छैन । त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले १५ को २ अनुसार प्रधानमन्त्री ज्युलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नु हुन्न भने नियमावलीको ३१ को १ लागु गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरुले यो सदनको गरिमा बढाइदिन म अनुरोध गर्छु ।’

सांसद साम्पाङले आफू सभामाझ ‘बदमास विद्यार्थी’ जस्तो देखिन थालेको टिप्पणी गर्दै सदनको गरिमा यसरी कायम हुन नसक्ने बताउनु भयो । उहाँले सभामुखको बाध्यता बुझ्ने उल्लेख गर्दै पनि प्रधानमन्त्रीको उपस्थिती आवश्यक रहेको धारणा राख्नु भयो। उहाँले भन्नु भयो, ‘कि त १५ को २ प्रयोग गरेर प्रधानमन्त्री ज्युलाई ल्याउनुपर्यो, कि त ३१ को १ प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्ने आदेश दिनुपर्यो । म आज रिसाउने, कराउने वाला पनि छैन । यहाँको मजबुरी बुझिरहेको छु मैले । यहाँको पनि बाध्यता छ, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन । म अलिकति बदमास विद्यार्थी जस्तो देखा पनि परिरहेको छु संसदमा ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किन हुन्छ महिनावारीमा असह्य पीडा? जान्नुहोस् यसको पछाडिको प्राकृतिक र वैज्ञानिक कारण

महिनावारीको समयमा धेरैजसो महिलाहरूले पेटको तल्लो भाग, ढाड र तिघ्रामा कडा दुखाइ अनुभव गर्छन्। कतिपयका लागि यो दुखाइ सामान्य हुन्छ भने कतिपयका लागि यो यति

प्रधानमन्त्री नआए आफूलाई सदनबाट निष्कासन गर्न हर्क साम्पाङको चुनौती

काठमाडौं,१३ जेठ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गर्नु भएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै

कर्णाली प्रदेश मन्त्री परिषद् बैठकका निर्णय

सुर्खेत,१३ । कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ निर्णयहरु गरेको छ । कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (चौथों संशोधन) नियमावली,

नेपालीलाई श्रीलङ्काको पर्यटक भिसा निःशुल्क

काठमाडौं,१३ जेठ । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन – ईटीए) को व्यवस्था गरिएको जानकारी दिएको छ ।

सगरमाथा क्षेत्रको जैविक विविधता जोगाउन राष्ट्रपतिको आग्रह

काठमाडौं,१३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ । राष्ट्रपति पौडेलले विश्वका

स्वच्छ मासुका लागि सरकारको कडा नियम

काठमाडौं,१३ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशकौँ पुरानो पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन विधेयकको मस्यौदा तयार