अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा

काठमाडौं,१३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गर्नुभएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले आफू कञ्चनपुर–२ बाट निर्वाचित भएकोले आफूलाई डोटेली भाषामा बोल्न मन लागेको सुनाउनु भयो ।
उहाँले भन्नु भयो, ‘मलाई डोटेली भाषा मन पर्छ । डोटेली भाषामा बोल्न मन लागेको थियो । तर, थाहा पाएँ अस्तिमात्रै मेरो साथी मनिष झाले मैथलीमा बोल्दा दस्तावेजीकरण हुँदो रहनेछ, अबदेखि संसद्मा दस्तावेजीकरण गरियोस् ।’

संसद् सचिवालयमा जनशक्ति कम भए सांसद आफैंले संसद्मा बुझाउने व्यवस्था गर्न आग्रह गर्नुभयो । साथै उहाँले सुदूरपश्चिम प्रदेशका धेरै नागरिक रोजगारी तथा विदेश जाने प्रक्रियाका कारण भारतमा बस्न बाध्य भएको बताउनु भयो ।

उहाँले सुदूरपश्चिमका धेरै मानिसहरू वैदेशिक रोजगारीका लागि वा काठमाडौं आएर प्रक्रिया पूरा गर्न नसक्दा भारतमै बसिरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘सुदूरपश्चिमका धेरै मानिसहरु भारतमा छन् । वैदेशिक रोजगारीका लागि भनौं या विदेश जान काठमाडौं आउन नसकेर भारतमा छन् । ती मानिसहरुको न श्रम स्विकृती छ, न बीमा छ कति नेपालीहरु भारतमा छन् त्यसको तथ्यांक समेत सरकारसँग छैन ।’

उहाँले भारतमा रहेका नेपाली कामदारहरूसँग श्रम स्वीकृति तथा बीमाको व्यवस्था नभएको उल्लेख गर्दै सरकारसँग त्यहाँ रहेका नेपालीको यथार्थ तथ्यांकसमेत नरहेको बताउनु भयो । उहाँले भारतमा रहेका नेपाली श्रमिकको अवस्था र सुरक्षाप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट

गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको