स्थानीय तह जनताको पहिचान हो : ग्नीप्रसाद सापकोटा

काठमाडौं ,१३ जेठ। नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र रूपान्तरणको मुख्य आधार भएको बताउनु भएको छ ।

जनप्रतिनिधिहरुको प्रशिक्षण भेलामा जनप्रतिनिधिहरू सांसद वा शासक नभई जनताका सेवक र समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै उहाँले त्यसलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने बताउनु भएको हो।

उहाँले भन्नु भयो, ‘स्थानीय तह हाम्रो पहिचान हो । दलाल पुर्जीवादी, एकाधिकार बादी, संस्कृतिका विरुद्ध वैचारिक लडाइको मोर्चा हो । हाम्रो जनप्रतिनिधि सासम होइनन् जनताका सेवाक हुन् र रूपान्तरणका संम्वाद हुन् भन्ने तथ्य छ । हामीले व्यवहारीत बाटै प्रमाणित गर्नु पर्दछ ।’
सापकोटाले बाँकी कार्यकालमा स्थानीय तहले गुणात्मक उपलब्धि हासिल गर्न अधिकतम प्रयास गर्नुपर्ने बताउनु भयो ।

सापकोटाले सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहलाई स्थानीय तहको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताउनु भयो। यी तीन पक्ष एकअर्कासँग अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै उहाँले स्थानीय सरकारको प्रभावकारिता, जनविश्वास र समृद्धिको आधार भएको बताउनु भएको हो ।
‘बाकी कार्यकालमा गुणात्मक हासिल गर्ने हाम्रो अधिकतम प्रयास हुनुपर्दछ । सुशासन र विकास सेवा प्रवाह स्थानीय तहको प्रमुख प्राथमिकता घुसान विकासका सेवा प्रवाह हुनु पर्दछ । यी तिनै पक्ष एका अर्का्सँग अन्तर सम्बन्धित छन् । स्थानीय सरकारको प्रभावकारिता, जनविश्वास तथा संवृद्धिको आधार पनि यिनै हुन्,’ उहाँले भन्नु भयो ।

शासन प्रणालीलाई जनमैत्री, सेवामुखी, प्रभावकारी तथा परिणाममुखी बनाउन आजको आवश्यकता रहेको उहाँले बताउनु भयो । साथै सेवा प्रवाहलाई छिटो, सरल र पहुँचयोग्य बनाउँदै भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती तथा प्रशासनिक झन्झटलाई पूर्ण रूपमा नियन्त्रण गर्ने दिशामा ठोस कदम चाल्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

‘शुसानलाई स्थानीय सरकार सञ्चालन मूल आधारको रूपमा स्थापित गदै शासन प्रचालीलाई जनमैत्री, सेवा मुखी, प्रभावकारी, परिणाम मुखी बनाउनु आजको अनिवार्य आवश्यकता हो,’ उहाँले भन्नु भयो, ‘सोवा प्रवाहलाई छिटो र सर पहुँच योग्य बनाउँदै भ्रष्टाचार अनियतता धिला सुस्ती र प्रशासनिक झन्झट पुर्नरुपमा नियन्त्रण बनाउने दिसा डोटा कदम चाल्नु पर्दछ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले