प्रतिनिधिसभामा ’चलचित्र विधेयक, २०८२’ प्रस्तुत, सैद्धान्तिक छलफल सुरु

काठमाडौँ,१३ जेठ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले ’चलचित्र विधेयक, २०८२’ छलफलका लागि प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। बुधबार बसेको बैठकमा मन्त्री तिमल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद रिमा विश्वकर्माले सिनेमा, सङ्गीत, साहित्य र संस्कृति अहिले विश्वव्यापी संवादको शक्तिशाली माध्यम बनेको बताउनु भयो। उहाँले भन्नु भयो, ‘अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति केवल सांस्कृतिक रूपमा मात्र सीमित छैन। अहिले विश्वलाई हेर्ने हो भने सशक्त संवादको माध्यम सिनेमा, सङ्गीत, साहित्य र संस्कृति बनिरहेका छन्। यसले सिर्जनशील पहिचानसँगै सांस्कृतिक कूटनीतिक सुधारको अवसर पनि दिइरहेको हुन्छ।’

चलचित्र विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल सुरु हुनु सकारात्मक भएको उल्लेख गर्दै उहाँले कार्यान्वयनको पक्षलाई लिएर चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नु भयो, ‘म अत्यन्त हर्षित छु, म जनप्रतिनिधि बनेर आएको बेला यस सदनमा चलचित्र विधेयकको सैद्धान्तिक छलफल सुरु भएको छ। तर, विधेयक पारित भएपछि पनि नियमावली र कार्यविधिको नाममा कार्यान्वयन ढिलो हुने हो कि भन्ने चिन्ता छ। विधेयक पारित भएलगत्तै छिट्टै कार्यान्वयन हुने वातावरण बनोस्।’

त्यसैगरी, सांसद बासना थापाले चलचित्र विकास बोर्डलाई सिर्जनशील उद्योगसँग जोडिएको संवेदनशील निकायका रूपमा हेर्नुपर्ने बताउनु भयो। उहाँले भन्नु भयो, ‘चलचित्र विकास बोर्ड कुनै सामान्य प्रशासनिक निकाय होइन। यो सिर्जनशील उद्योगको नियामक पनि हो, जहाँ कलाको स्वतन्त्रता र राज्यको नियन्त्रणबिचको सन्तुलन सबैभन्दा संवेदनशील प्रश्न हो।’

उहाँले विश्वभर चलचित्र नियामक निकायलाई प्रशासनिक मात्रै नभई सांस्कृतिक र सुशासनको दृष्टिकोणबाट पनि हेरिने स्पष्ट पार्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले