बत्तीमा तेल कम भए पनि यो निभ्नेवाला छैन :सीपी गजुरेल

काठमाडौं,१३ जेठ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सीपी गजुरेलले २५ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस तथा पुरस्कार–सम्मान समारोहमा सम्बोधन गर्दै जनयुद्ध, क्रान्ति र सहिदहरूको योगदानबारे धारणा राख्नु भएको छ ।

सम्बोधनका क्रममा उहाँले सहिद कृष्णसेन इच्छुकको बहुआयामिक योगदान स्मरण गर्दै उहाँ विद्यार्थी नेता, संगठनकर्ता, कवि, सांस्कृतिक अभियन्ता तथा सम्पादकका रूपमा क्रान्तिकारी आन्दोलनमा सक्रिय रहेको बताउनु भयो । इच्छुकले विभिन्न मोर्चामा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको र आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा अगाडि बढाएको उहाँको भनाइ थियो ।

उहाँले भन्नु भयो, ‘इच्छुक कमरेड एउटा कमाण्डर हुनुहुन्थ्यो । उहाँले विभिन्न मोर्चा कुशलतापूर्वक सञ्चालन गर्नुभयो। विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म उहाँ सक्रिय रहनुभयो ।’
गजुरेलले जनयुद्धको तयारी सचेत रूपमा गरिएको उल्लेख गर्दै त्यसका लागि विभिन्न अध्ययन, गोष्ठी र बैठकहरू गरिएको बताउनु भयो । उहाँले त्यसलाई देशको आवश्यक राजनीतिक कदमका रूपमा व्याख्या गर्नुभयो ।

उहाँले इच्छुकको बेपत्ता घटनाप्रति दुःख व्यक्त गर्दै त्यस घटनाबारे अहिलेसम्म औपचारिक जानकारी प्राप्त हुन नसकेको बताउनु भयो ।
सम्बोधनमा उहाँले जनआन्दोलन र राजनीतिक परिवर्तनका विभिन्न व्याख्याबारे टिप्पणी गर्दै वर्तमान परिस्थितिलाई विभिन्न शक्ति र विचारधाराबीचको संघर्षका रूपमा चित्रण गर्नुभयो । उहाँले क्रान्तिकारी आन्दोलन अझै समाप्त नभएको दाबी गर्दै यसलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले भन्नु भयो, ‘ क्रान्ति निभेको छैन, बत्तीमा तेल कम भए पनि यो निभ्नेवाला छैन। किनभने यो सुरुवात गरेको कृष्णसेन इक्षुकले हो । त्यसकारण धेरै मान्छेलाई एउटा चमत्कार जस्तो भयो तर यो कुनै चमत्कार होइन । त्यो कुनै जनताको जनविद्रोह होइन । हामीलाई इक्षुकको शक्ति यतिखेर चाहिएको छ, त्यो तागत हामीलाई चाहिएको छ ।’

उहाँले सहिदहरूको सपना पूरा गर्न संगठनात्मक एकता, वैचारिक स्पष्टता र निरन्तर तयारी आवश्यक रहेको बताउँदै युवाहरूलाई क्रान्तिकारी साहित्य र चेतना निर्माणमा सक्रिय हुन आह्वान गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले